२९ वैशाख २०८१ शनिबार
image/svg+xml

टुँडिखेलमा सेना दिवस ( भिडियो )

नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए। नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

मन्त्री अधिकारीकाे अन्तिम श्रद्धाञ्जली टुँडिखेलमा सुरू

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ।

टुँडिखेलमा समावेशी ल्होसार

खेन्जा (कोट), टागी (टोपी) जस्ता मौलिक भेषभुषामा सजिएका तामाङ युवायुवतीहरू डम्फु नाच नाचिरहेका थिए। लामा समुदाय जातीय पहिरनमा माक्पा र झुंबा, लिम्बू समुदाय धान नाच (च्याब्ब्रुङ नाच) प्रस्तुत गरिरहेका थिए। धामी झाक्रीहरूले  बजाएको ढ्याङ्ग्रोको आवाज पनि कम लोभ लाग्दो थिएन। यो दृश्य काठमाडौंको टुँडिखेलमा मंगलबार देखिएको राष्ट्रिय सोनाम ल्होसारको थियो।

टुँडिखेलमा धुमधामका साथ मनाइयो सोनाम ल्होसार (फाेटाे/भिडियाे)

राजधानीको टुँडिखेलमा यस वर्ष तामाङ समुदायले साेनाम ल्होसार धुमधामका साथ मनाएका छन्। यो पर्वको अवसरमा प्रदेश नम्बर ३ प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा दिएको थियाे।

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

सवारीसाधनको भीड व्यवस्थापन गरी यात्रुलाई सहजता प्रदान गर्न पुस १ गतेदेखि टुँडिखेल आसपासमा लागू गरिएको ‘पिक एन्ड ड्रप’ नियमले यात्रुहरूलाई झन् सकस भएको छ। ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको भने पनि ट्राफिक प्रहरीले यात्रु ओराल्न र चढाउन सार्वजनिक सवारी रोक्न नदिएपछि घर फर्कने यात्रुहरू अलपत्र परेका हुन्।

टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव हुने

सोनाम ल्होछार मूल आयोजक समितिले माघ २१ र २२ गते टुँडिखेलमा तामाङ साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागेको हो।

ल्होसारमा झुम्यो राजधानी

गुरुङ पोशाकमा सजिएका केही युवक ढोल, झ्याम्टा, र मादल बजाएर नाचिरहेका थिए। गुरुङ युवती पनि हातमा नाङ्ला र पिर्का प्रदर्शन गरिरहेका थिए। काठमाडौंको टुँडिखेलमा आइतबार देखिएको तमु ल्होसारको दृश्य हो यो। तमु ल्होसारका अवसरमा गुरुङहरू समुदायका व्यक्तिहरूले टुँडिखेलमा परम्परागत चुट्का कौडा नाच, कोडा नृत्यलगायत प्रर्दशन गरे। उनीहरूको नाच हेरेर प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओली मख्ख देखिन्थे।

टुँडिखेलमा रग्बी विश्वकप ट्रफी

विश्व रग्बीको ‘प्रोजेक्ट एसिया १० लाख’ लक्ष्यको मुख्य अंगका रूपमा ‘रग्बी विश्वकप २०१९ मैदानबाहिर प्रभाव’ नामक कार्यक्रम यही शनिबार टुँडिखेलमा आयोजना गरिएको थियो। जसमा २,५०० मानिसले सहभागिता जनाएका थिए।

टुँडिखेलमा पिक एण्ड ड्रप सम्भव छ त?

काठमाडौं महानगरपालिका आगामी पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आपपासमा चल्ने सार्वजनिक सवारीसाधनको लागि पिक एण्ड ड्रप प्रणाली लागू गर्ने तयारीमा जुटेको छ।

संविधान दिवसकाे अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ।

टुँडिखेलबारे सेनाले माग्यो सुझाव

सदरमुकामको ठूलो टुँडिखेल नेपाली सेनाबाट अन्य निकायको नाममा हस्तान्तरण गर्न उपयुक्त छ या छैन भन्नेबारे सेनाले नै सुझाव लिन थालेको छ। सेनाले जिल्ला प्रशासन कार्यालय बिहीबारलाई पठाएको पत्रमा जिल्लाका सूर्याेदय नगरपालिकाबाहेक सबै स्थानीय तह र सरोकारवाला कार्यालयलाई ‘कार्यार्थ’ लेखेर राय मागिएको हो।

बिरानो बन्दै आँगनको टुँडिखेल

गत वैशाखमा आयोजित चाैंथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको तयारी हुँदैगर्दा टुँडिखेलको विषयलाई लिएर आयोजक र नेपाली सेनाबीच ठूलो ‘चर्काचर्की’ पर्याे। सदरमुकामको ठूलो टुँडिखेल सर्वसाधारणको पहुँचमा हुनुपर्ने आयोजक माइभ्याली फुटबल क्लबको जिकिर र आफूमातहतको टुँडिखेलमा कुनै गतिविधि गर्न ‘माथिल्लो’ तहको अनुमति चाहिने सेनाको अडान ‘भनाभन’मै परिणत भयो।

टुँडिखेलमा साकेला नाच (फोटो फिचर)

किरात समुदायको महान पर्व साकेला उभौलीअन्तर्गत राजधानीको सैनिक मञ्च टुँडिखेलामा साकेला नाच कार्यक्रम भएको छ।

टुँडिखेलबाट हजाराैँले वाचन गरे बुद्धवचन (फोटो /भिडियाे)

टुँडिखेलमा जम्मा भएर हजारौंले गौतम बुद्धको उपदेश धम्मपद वाचन गरेका छन्। आयोजक विश्व कीर्तिमानी परिषद् नेपालले ७५ हजार जना आधिकारिक पास लिएर कार्यक्रममा सहभागी भएकाे दावी गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्