३ मंसिर २०८१ सोमबार
image/svg+xml

सडक बालबालिकाको सरकारी व्यवस्थापन

उपत्यकाका सडक बालबालिकाको सहारा बालबालिका खोजतलास समन्वय केन्द्र बनेको छ। केन्द्रले सडक बालबालिकाको उद्दारपछि उचित व्यवस्थापन गरिरहेको केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए।

मोबाइल एपमा झुम्मिँदै बालबालिका

'आफ्ना बालबालिकाले पढाइ बिगारेको, नसुतेको, समयमा नउठेको जस्ता समस्या लिएर अभिभावक आउँछन्। सबैको समस्याको केन्द्र मोबाइल एप नै देखिन्छ।'

जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्

इलाम- जिल्ला कारागारमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु पढाइबाट वञ्चित भएका छन् । कारागारमा अहिले चार बालबालिका उनीहरूका अभिभावकसँग बसिरहेका छन् । कारागारमा बसिरहेका ती बालबालिकाको जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित हुन पुगेका हुन् ।

चट्याङ लागेर ३ बालबालिकाको मृत्यु

मोरङको कोशी हरैंचा नगरपालिका —१ स्थित बाघ झोडामा चट्याङ लागेर तीन जना बालबालिकाको मृत्यु भएको छ। चट्याङ लागेर घाइते भएका ५ जना बालबालिका मध्ये तीन जनाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुक र ट्विटर धेरै चलाउने बालबालिका झगडालु

फेसबुक, ट्विटर र इन्ट्राग्राम जस्ता सामाजिक संजाल चलाउने बालबालिका अन्य बालबालिकाको तुलनामा झगडालु हुने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सांजल धेरै प्रयोग गर्ने बालबालिका सधै तनाब र दुखमा हुने गर्छन्।

शिक्षा दिवसमा बालबालिकालेभने-संविधान कार्यान्वयन गर्दा नेपाल नटुक्रयाउ !

शिक्षा दिवस मनाउन सवैको स्वर एक होस, संविधान कार्यान्वयन गर्दा हाम्रो देश नटुक्रियोस ! उल्लिखित गीतका हरफहरु कुनै कविका रचना या दिग्गज नेताका भाषणका अंश होइनन्।

लेखनाथमा पहिरोले घर पुरिँदा ४ बालबालिकाको मृत्यु

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा लेखनाथ-४ खरानीफाँटमा बिहीबार चार जनाको ज्यान गएको छ। पहिरोमा परेर दुई बालक र दुई बालिकाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ।

डुबेर बालबालिका मृत्यु हुने क्रम बढ्दो ,सुनसरीमा १९ जनाको मृत्यु, दुई बेपत्ता

जिल्लामा खोला, नदी र पोखरीमा डुबेर श्रृख्लाबद्ध रुपमा मृत्यु हुने क्रम बढ्दो छ। २०७२ साउनदेखि २०७३ भदौ १९ गतेसम्म १९ जना बालबालिकाको डुबेर मृत्यु भइसकेको छ। दुई जना बालिका बेपत्ता भएका छन् ।

तीन वर्षमा ९ जना बालबालिकाले ज्यान गुमाए

यो हप्ता सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा दुई बालिकाको चितुवाले ज्यान लिएको छ। चितुवाको आक्रमणले मंगलबार खाँचीकोट–९ गच्छेमा नारायण मुखियाकी ८ वर्षीया छोरी अस्मिता मुखियाको ज्यान गयो। प्रशासनले चितुवा मार्ने अनुमति दिएपछि प्रहरी चितुवा मार्न जंगल क्षेत्रमा खटिएको छ।

विपतका बालबालिका संरक्षण गर्न केन्द्रीय बालकल्याण समितिको आग्रह

काठमाडौं– पछिल्लो समय देशव्यापी रुपमा आएको प्राकृतिक विपत्मा परेका बालबालिकालाई उद्धार र संरक्षण गर्ने केन्द्रीय बाल कल्याण समितिले अपिल गरेको छ।

बालबालिका तस्करी अभियोगमा पक्राउ श्रेष्ठलाई ७ दिन थुन्न आदेश

काठमाडौं— नौ जना बालबालिकालाई अमेरिका पुर्‍याएर छोड्ने पुतलीसडकस्थित सारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। शनिबार पक्राउ परेकी श्रेष्ठलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धानका लागि ७ दिन थुन्न अदालतले अनुमति दिएको हो।

बालबालिका तस्करी गरेकाे अभियाेगमा रजनी श्रेष्ठ पक्राउ

काठमाडौं— सांस्कृतिक आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ।

समर क्याम्पका नाउँमा बालबालिकाको अमेरिका तस्करी

काठमाडौं— नौ जना बालबालिका अमेरिका पुर्‍याएर उतै छोडेको अभियोगमा पुतली सडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। गृष्म कार्यक्रम (समर प्रोग्राम)का लागि भनेर अमेरिका पुर्‍याएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाटै भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले उनलाई नियन्त्रणमा लिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्