२० आश्विन २०८१ आइतबार
image/svg+xml

बीउ उत्पादनमा आत्मनिर्भर सुर्खेत, पहिले आयात हुन्थ्यो, अहिले निर्यात

‘पहिले बीउ पाउनै मुस्किल हुन्थ्यो, अहिले बीउमा आत्मनिर्भर भएका छौं, उत्पादित वस्तुको बजारीकरणको समस्या छैन्,’ उनले भने, ‘बीउ बेचेरै वार्षिक तीन–चार लाख रुपैयाँ आम्दानी भइरहेको छ।’

नमूना समाजको ठगी धन्दाः गृहको निर्देशन एकातिर, प्रहरी–प्रशासन बचाउतिर

गृह मन्त्रालयले नौं महिनाको अवधिमा दुई पटक पत्र पठाएर नमूना समाजका अध्यक्षसहितका पदाधिकारी तथा सदस्यहरु र कार्यकारी निर्देशकसहितका कर्मचारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो।

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद

होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको थियो। दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएको थियो।

रोल्पा घटनाले सिकाएको पाठ: बल्ल कैदीबन्दीलाई फोटोसहितको परिचयपत्र

गत जेठ ४ गते रोल्पा कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा फेला परे। कारागार कार्यालयका अनुसार ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह थिए। हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैदको सजाय भुक्तान गर्दै थिए।

सुख्खा पहिरोबाट घाइतेको उपचार हुँदै

मंगलबार बिहान सुर्खेतको पञ्चपुरी नगरपालिका–७ लामाबगर नजिकै गएको सुख्खा पहिरोबाट घाइतेको प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा भएको छ।

सुर्खेतमा पेट्रोल अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोल अभाव अँझै हट्न सकेको छैन। भारतीय नाकाबाट तेल नआउँदा ५ दिनदेखि पेट्रोलको अभाव भएको हो।

दुई नगर प्रमुखमा महिला उम्मेदवार

नेपाली काँग्रेसले नारायण नगरपालिका र नेकपा एमालेले वीरेन्द्रनगरमा नगर प्रमुखमा महिला उम्मेदवार उठाएको छ। नारायणमा निर्मला खड्का र वीरेन्द्रनगरमा मोहनमाया ढकाललाई नगर प्रमुखमा दुई पार्टीले उम्मेदवार बनाएका हुन्।

महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालक्ष्मी विकास बैंक बैंककोे सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।

वीरेन्द्रनगरमा शंकास्पद वस्तु फेला

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ स्थित बुलबुले उद्यान जाने गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ।

सुर्खेत विमानस्थल विस्तारको तयारी

सरकारले सुर्खेत विमानस्थल विस्तारको तयारी थालेको छ। हालको विमानस्थलको उत्तरतर्फ १२.४३ विघा जमिन अधिग्रहण गरेर विमानस्थल विस्तारको तयारी गरेको हो।

सरकारी सम्पत्ति रातारात उठाईयो

सरकारी योजनामा बनाईएको संरचनालाई भत्काएर रातारात व्यक्तिले लगेको पाइएको छ। वीरेन्द्रनगर नगरपालिका–६ स्थित घण्टा घरसंगै जोडिएर बनाएको दिनेश स्मृती पार्कमा निर्माण गरिएको सामाग्रीहरु व्यक्तिले उठाएर प्रयोग गरेका हुन्।

हत्या आरोपमा पक्राउ

सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्