२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कर्णाली प्रदेश अस्पतालमा विरामीको चाप बढ्दै

कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत।

कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पतालमा विरामीको चाप बढ्न थालेको छ। अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसंगै विरामीको चाप बढेको हो। एक वर्षमा ६१ हजार बढी विरामीहरुले आकस्मिक र ओपिडि सेवा दिएका छन्।

आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश अस्पतालबाट ६१ हजार ६ सय ५७ जनाले विभिन्न रोगको उपचारका लागि विरामीहरुले सेवा लिन आएका हुन्। देशभरबाट ५० भन्दा बढी जिल्ला र भारतबाट समेत उपचारका लागि यहाँ विरामी आउने गरेको अस्पतालले जनाएको छ।

५० शैयाबाट सुरुवात भई हाल २ सय ५० शैयामा अस्पताल सञ्चालनमा रहेको छ। नयाँ अत्याधुनिक भवनबाट अस्पतालले सेवा दिईरहेको छ। हाल ५१ जना विशेषज्ञ डाक्टर र डाक्टरहरुसहित ४ सय बढी स्वास्थ्यकर्मी र कर्मचारीहरु कार्यरक्त रहेका छन्।

जिल्ला अस्पताल, क्षेत्रिय अस्पताल हुँदै कर्णाली प्रदेश अस्पतालले अहिले फागुन ७ गते १६ औं स्थापना दिवश मनाएको छ। अस्पतालको भौतिक संरचनादेखि सेवा प्रवाहसम्म वृद्धि भएसंगै काठमाडौं र भारत जाने विरामीहरु रोकिएका छन्। प्रदेशमै सुविधासम्पन्न अस्तालमा सरल र छिटो उपचार हुन थालेपछि विरामीहरुलाई सहज भएको हो।

हालसम्म प्रदेश अस्पतालमा १२ जना डाक्टरहरु अस्पताल प्रमुखको भुमिकामा काम गरिसकेका छन्। नेपालका ५० भन्दा बढी जिल्लाका विरामीहरुलाई अस्पतालले सेवा दिदै आएको प्रदेश अस्पतालका निर्देशक डम्वर खड्काले बताए।

एक्सरे सेवा, डिभियो एक्सरे सेवा, सि.टि स्क्यान, क्लोनोस्कोपी, इन्डोस्कोपी, इकोकार्डियो, इसिजि, निःशल्क डाइलायसिस सेवा, प्रसुती सेवा, सुरक्षित गर्भपतन, मेजर अप्रेशन, माइनर अप्रेशन र ल्याव सेवा प्रदेश अस्पतालबाट हुँदै आईरहेको छ।  अप्थाल्मोलोजि, डर्माटोलाजि, न्यूरो सर्जरी र स्पाईन सर्जरी सेवा अस्पतालले थप थपेको छ।

कोभिड महामारीमा छुटटै १ सय ३० शैयाको कोभिड अस्पताल सञ्चालन गरिएको प्रदेश अस्पतालभित्र अक्सिजन प्लान्ट तथा पाईपलाईन जडान र सञ्चालन गरेको छ। एक दिनमै विरामीहरु चेकजाँच गरि टाढाका विरामी फर्कन सहज होस् भनेर विहान ९ बजेदेखि विशेषज्ञ डाक्टरबाट ओपिडि सेवा दिईएको निर्देशक खड्काले बताए।

प्रदेश अस्पतालको १६ औं स्थापना दिवशमा सहभागीहरु।

१६ औं वर्षमा प्रदेश अस्पताल  

कर्णाली प्रदेशको प्रदेश अस्पतालले आफ्नो १६ औं अस्पतालको स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख आतिथ्यमा अस्पताल परिसरमा भव्य कार्यक्रम गरि मनाएको हो। अस्पताल स्थापना दिवशमा अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले अस्पतालमा भएगरेका कामहरु र भावी योजनाहरुका बारेमा प्रष्ट पारेका थिए।

स्थापना दिवशको अवसरमा डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारीहरुविच विभिन्न खेलकुद कार्यक्रम, हाजिरी जवाफ लगायतका कार्यक्रमहरु गरिएको थियो। मुख्यमन्त्री शाहीले खेलकुद तथा अन्य कार्यक्रमका विजेताहरुलाई प्रमाण पत्र र पुरस्कार दिएका थिए।

त्यस्तै सेवावृत्त भएका कर्मचारी र हाल कार्यरक्त विभिन्न तहका कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश अस्पतालको वृद्धि विकासमा प्रदेस सरकार लागिरहेको र आगामी दिनमा कुनै कसर नराख्ने बताए। डाक्टर र स्वाथ्यकर्मीको अतिरिक्त सुविधाका लागि सरकारले स्थायी रुपमै कानुन बनाईरहेको शाहीले बताए।

प्रकाशित: ७ फाल्गुन २०७८ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App