१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

संविधान दिवसकाे अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ।

संघीयता कार्यान्वयनका लागि समान धारणा अनिवार्य

२०७२ असोज ३ गते संविधान जारी भएपछि पहिलो पटक मुलुकमा लागू भएको संघीय शासन प्रणालीका केन्द्र, प्रदेश र स्थानीय तहबीच समझदारी हुन नसक्दा समस्या देखा पर्दै गएका छन् । संघ, केन्द्र र स्थानीय तहबीचमा स्रोतसाधन र अधिकार बाँडफाँटमा देखा परेका विवादले संघीयता कार्यान्वयनमा जटिलता थपिँदै गएको छ।

प्रधानमन्त्रीद्वारा संविधान दिवसकाे शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन्।

संविधान र अरिंगालको संक्रमण

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको ३ वर्ष पुगेको छ । यसबीचमा संविधानलाई संस्थागत गराउन भएका प्रयास निश्चितरूपमा प्रशंसनीय छन् । खासगरी संविधानअनुसार निर्वाचनद्वारा ३ तहको सरकार निर्माण भएको छ।

मधेसी दलको दोहोरो चरित्र

राष्ट्रिय पार्टीहरूले असोज ३ मा संविधान दिवस मनाइरहँदा संसद्मा प्रतिनिधित्व गरेका तराई मधेस केन्द्रित दुई राष्ट्रिय दल जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल भने संविधान दिवसका दिन दोहारो चरित्रमा देखाएका छन् । राजपा र फोरम संविधानसँग असन्तुष्ट छन्।

‘राजनीतिको भारीले त्रिभुवन विश्वविद्यालय थाक्याे’

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउन विश्वविद्यालयका पदाधिकारी अघि बढ्नुपर्ने बताएका छन्।

संविधान दिवसबारे फोरम विभाजित

असोज ३ मा संविधान दिवस मनाउने कि कालो दिवस भन्ने विषय तराई मधेसमा यतिबेला चर्चामा छ। मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रूपमा मनाउने घोषणा गरेको छ । मधेसबाट पहाड उक्लिन लागेको अर्को दल संघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ता त्यस विषयमा विभाजित देखिएका छन्।

संविधान धेरै अघि बढिसक्यो

संविधान जारी गर्दा सबैको सक्रिय सहभागिता होस् भन्ने मेरो चाहना थियो । त्यसका लागि सक्ने प्रयास पनि गरेकै हुँ। तथापि त्यसबेला अपेक्षित सहमति र सहभागिता जुटन सकेन । हाल संविधान कार्यान्वयनको चरणमा छ । र, यसमा सबैको सहभागिता भएको छ । संविधान सबैलाई स्वीकार्य दस्ताबेजका रूपमा दीक्षित हुँदै गइरहेको छ।

लय समाउँदै मूल कानुन

आफ्नो प्रतिनिधिमूलक संस्थाबाट संविधान लेख्ने २००७ सालदेखिको जनताको चाहना पूरा भएको तीन वर्ष भएको छ । संविधानसभाबाट संविधान लेख्ने जनताको सात दशक लामो सपना २०७२ असोज ३ मा साकार भएको हो।

प्रधानमन्त्री ओलीसंँग विशेष अन्तर्वार्ता : संविधानको बिरुवा फल्ने बेला आयो

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महिना पुगेको छ। लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ।

संविधान संशोधन गर्न सरकार तयार छः नेता तामाङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले संविधानमा भएका त्रुटीहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारेका छन्। उनले भने, ‘संविधानमा त्रुटीहरु छन् । दुनियाँमा त्रुटीरहित संविधान कहीँपनि छैन्। तर, अहिले संविधानप्रति असहमतिका ग्राफ धेरै सानो अंशमा छ।’

संविधान संशोधन नभएसम्म कालो दिवस मनाईरहन्छौं : कर्ण

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाई रहने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने, ‘हामीले यसअघि पनि दुई पटक कालो दिवस मनाई सकेका छौं। भोलि पनि हामी कालो दिवस नै मनाउँछौं। देशैभरि विभिन्न जिल्लामा हामी प्रदर्शन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने कार्यक्रम छ।’

चाैथाे संविधान दिवसमा लोकतन्त्रकै मेला

संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ ।

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धानको लागि एसपी सिंहको नेतृत्वमा महिला टोली

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न प्रहरी मुख्यालयले एसपी दुर्गा सिंहलाई पठाएको छ।

मदिरा र महिला

कञ्चनपुरमा १३ वर्षीय बालिकामाथि बलात्कार गरी हत्या गरेको अपराधको अनुसन्धानलाई नेपालको सिंगो गृह प्रशासनले कुनै तार्किक निष्कर्षमा अझै पु-याउन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्