पोखरा बसपार्कः श्रमदान गरेर भएपनि बसपार्क बनाऔं
पोखरामा बसपार्क बनाउन हरेक वर्ष न्यून भएपनि बजेट विनियोजन हुन्छ। तर, छुट्टिएको बजेटले बसपार्क निर्माणका लागि भनेर सिन्को पनि भाँचिएको छैन।
पोखरामा बसपार्क बनाउन हरेक वर्ष न्यून भएपनि बजेट विनियोजन हुन्छ। तर, छुट्टिएको बजेटले बसपार्क निर्माणका लागि भनेर सिन्को पनि भाँचिएको छैन।
धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो।
एक महिनाको अन्तरमा रग्बीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। पहिले काठमाडौंमा आगामी अगष्टमा आयोजना हुने यु–२० एशियन रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाउनेछ। त्यसको एक महिनापछि सेप्टेम्बरमा सिनियर टोलीले चीनमा आयोजना हुने १९ औं एशियाडमा सहभागिता जनाउनेछ।
जुन मापदण्ड कडाईका साथ लागू गर्न र मापदण्ड विपरीत बनेका अवैध संरचना भत्काउन सर्वोच्च अदालतले सरोकारवाला निकाय पोखरा महानगरपालिकालाई पटक/पटक आदेश दिइसकेको छ।
नेपाल भित्रिने विदेशी पाहुनाको आकार कोरोना अघिकै अवस्थामा फर्किन थालेपनि पर्यटन व्यावसायी भने त्यो अनुसारको आम्दानी हुन नसकेको भन्दै सन्तुष्ट छैनन। पाहुना आगमनमा तथ्यांकगत रुपमा सुधार देखिएपनि व्यावसायीको आम्दानी त्यो अनुसार बढाउन नसकेको उनीहरु बताउँछन।
पुल बनेको भए यतिबेला पहिराका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो। मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान हुनेबारे आफु आशावादी रहेको बताएका छन। प्रधानमन्त्री दाहालले नै विमानस्थल उद्घाटन गरेका थिए।
राष्ट्रिय समन्वय परिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा पोखरामा सुरु भएको छ।
‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा आयोजना भयो । पोखरामा हरेकवर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवद्र्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ। महोत्सवलाई रोमाञ्चक बनाउन हिलोमा रमाउनेगरि विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो। पहिलोपटक हिलोमा खेल्न पाउँदा विदेशी खुबै रमाएका थिए।
पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । यसअघि जेठ १० गते हुने भनिएको भेला त्यो बेला प्रधानमन्त्री नआउँदा स्थगित भएको थियो।
गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ।
‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा हुने भएको छ। पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ।
पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुने भएको छ। यसअघि जेठ १० गते हुने भनिएको भेला प्रधानमन्त्री नआउँदा स्थगित भएको थियो। अहिले फेरि अन्तरप्रदेश भेलाको तयारी भएको गण्डकी प्रदेश सरकारले बताएको छ।
व्यावसायीका अनुसार एकसाता अघिसम्म पोखराका होटलको अकुपेन्सी करिब ४० प्रतिशत हाराहारी थियो। अहिले घटेर २० प्रतिशतमा झरिसकेको छ। तर, जे जति पाहुना होटलमा छन्, ती मध्ये अधिकांश भारतीय पाहुना रहेको व्यावसायी बताउँछन्।