२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पोखरामा आज मुख्यमन्त्रीको भेला

गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ।

भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहालले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिए। मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताए। भेलामा अन्तरप्रदेशबीचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ।  

यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो। भेला दोस्रोपटक गर्न लागिएको हो। पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा भेला भई आठ बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो।

प्रकाशित: १५ असार २०८० ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App