३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरामा मुख्यमन्त्रीहरुको अन्तरप्रदेश भेलाः जटिलता सहजीकरण गर्ने अपेक्षा

पोखरामा शुक्रबार सुरु भएको अन्तरप्रदेश भेला। तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । यसअघि जेठ १० गते हुने भनिएको भेला त्यो बेला प्रधानमन्त्री नआउँदा स्थगित भएको थियो।  

गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागितामा शुक्रबार र शनिबार भेला सुरु भएको जानकारी दिईन। भेलाको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा आएका छन्। प्रदेश सरकार संचालनको अनुभव साट्ने गरि यो भेला आयोजना भएको तिवारीले बताईन। संघीय सरकारले कतिपय कानुनी अधिकार नदिँदा प्रदेश सरकारले काम गर्न नसकेको अवस्थामा ती ऐन कानुन र अधिकारबारे पनि छलफल हुने उनले बताईन।

केन्द्र र प्रदेश सरकारबीच भएको ग्यापलाई पूर्ण गर्नका लागि पनि छलफल हुन थालेको तिवारीको भनाई छ। प्रदेशको काम गराई अनुभव र समस्यालाई पनि साटासाट गर्ने अवसर यो भेलाले दिलाउने उनको भनाई छ। उद्घाटनसत्रमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार बनेपछिका उपलब्धिको रक्षा गर्दे आत्मनिर्भर तथा समुन्नत प्रदेश बनाउनका लागि अगाडि देखिएका जटिलतालाई सहजीकरण गर्ने उद्देश्यले अन्तरप्रदेश मुख्यमन्त्री बैठक आयोजना गरिएको बताए।  

संघीय कानुन निर्माण नभएका कारण प्रदेश कानुन निर्माण गर्न नसक्दा संविधानत प्राप्त एकल अधिकाका विषयमा कार्यन्वयनमा समस्या देखिएको उनको भनाई छ। त्यस्तै प्रहरी समायोजन नभएकोले प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने, विपद् व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन गर्न तथा सुरक्षा निकायसँग समन्वय गर्न कठिनाई भएको प्रदेश सरकारको भनाई छ।

प्रकाशित: १५ असार २०८० ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App