११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘एमालेसँग दुरी बढाउने माओवादी संकेत’

प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्ने माओवादी केन्द्रको निर्णय

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै

बिहीबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रस्तुत गरेको समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदनमाथि छलफल हुनेछ।

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो।

कर्णाली प्रदेश: मन्त्रालय घटाइयो, मन्त्रीको संख्या पुरानै

दुई पार्टीबीचको सहमति अनुसार मन्त्रालय घटाएर पनि मन्त्रीको संख्या आठ पुर्‍याइएकोमा सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट बनेको छ। एमाले स्थायी किमटी सदस्य एवम् संसदीय दलका नेता यामलाल कँडेल दुई पार्टीबीच सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको नेतृत्व गरेको पार्टीको भएको बताउँछन्।

मन्त्रालय गाभ्नेबारे कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएन

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पुस २७ गते चार बुँदे सहमति भयो।

मन्त्रीका थरीथरी ‘स्टन्ट’

मन्त्रालयमा पदभार सम्हालेकै दिन आफूले खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा पनि किँरातीले गर्न भ्याए।

अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार दिउँसो ललितपुरको सुमेरु अस्पतालबाट उनी डिस्चार्ज भएका हुन्।

आत्मनिर्भर अर्थतन्त्र विकासकाे लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

४० औँ पर्यटनमन्त्री सुदन किराँती को हुन्?

विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मिएका राई भोजपुरबाट तीन पटक ((विसं २०६४, २०७४ र २०७९) मा सांसद बनेका थिए।

माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा

माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए।

माओवादीबाट रेखा शर्मा, सुदन किरांती र अमनलाल मोदी मन्त्री बन्ने

आज बिहान बालुवाटामारमा बसेकाे पदाधिकारी बैठकले उनीहरुलाई मन्त्री बनाउने निर्णय गरेको हो।

प्रधानमन्त्री र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेको उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई जानकारी दिए।उनका अनुसार दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्