२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ट्राफिक व्यवस्थापन अस्तव्यस्त, राजमार्ग नै पार्किङस्थल

मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा राजमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ।

वैधानिक प्रक्रियामा आउन फुङलिङका व्यवसायीलाई अनुगमन समितिले दियो समय

‘हामी त्यसलाई सुक्ष्म ढंगले हेरिरहेका छौं, केही दिनमै यसका बारेमा निष्कर्षमा पुग्नुपर्ने छ’ अनुगमन समिति संयोजक भट्टराईले भने। अनुगमन समितिले दोभान, सुकेटार सहितका बजार पसलहरुको अनुगमन गरिसकेको छ।

अब शुक्रबार पनि फुङलिङका बजार खुल्ने

दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई मध्यनजर गरी ताप्लेजुङ उद्योग वाणिज्य संघले भदौ ३१ गते शुक्रबारदेखि कात्तिक ११ गते शुक्रबारसम्म खुल्ला रहने निर्णय गरेको छ।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ अङ्कमा पुगेको छ।

ओरालो लाग्दै नेप्से सूचक, १९ सय नजिक

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १३.५४ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ।

चार दशक बित्दा पनि ग्रामीण सहरको स्तरबाट उठ्न सकेन बुधबारे बजार

सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन।

श्रीमानबाट निर्घात कुटपिटपछि न्यायको खोजीमा गीता

कालिकोटको मान्म बजारमा पसल गर्दै आएकी सान्नी त्रिवेणी गाउँपालिका–१ की २३ वर्षीया गीता जैसी (शाही)लाई उनका श्रीमान दानबहादुर शाहीले निर्घात कुटपिट गरेका हुन्।

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ।

पानी तान्ने मोटर मर्मत गर्न इनारभित्र पसेका बुबाछोराको मृत्यु

पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला विजयलाई करेन्ट लागेपछि बचाउन पुगेका छोरा अमरलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ। बुबाछोराको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मान्म बजारका सीसी क्यामेरा प्रयोगविहीन

कालिकोट जिल्लाको मान्म बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेराहरूको संरक्षण नहुँदा प्रयोगविहिन अवस्थामा छन्। शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०७६/२०७७ मा मान्मको मुख्य बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा मर्मत सम्भार अभावमा बेकाम्मे भएका हुन्।

नियामक हुनुपर्ने राष्ट्र बैंक बजार नियन्त्रक : निजी क्षेत्र

नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले व्यापार र उद्योग क्षेत्रलाई धराशायी बनाउने भन्दै निजीक्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्।

विशाल बजार र बिरा कम्प्लेक्समा महानगरको हस्तक्षेप

सोमबार महानगरले स्थलगत अनुगमन गर्दै विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको हो।

सरुवा बजारमा नटिङ्घमको उल्लेख्य खर्च

टोटनहमका रक्षक सेर्गी औरियर इङ्लिस प्रिमियर लिगको नवप्रवेशी टोली नटिङ्घम फरेस्टमा अनुबन्धित हुने १७औं खेलाडी बने।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ।

बुटवलमा २ अर्बको लगानीमा आधुनिक कृषि बजार बन्दै

पशुपन्छी, फलफुल लगायतका कृषि उपजको भण्डारणका लागि वैज्ञानिक प्रविधिसहितको गोदामघर, बीउ भण्डारणका लागि छुट्टै गोदाम घर निर्माण गरीने छ। केन्द्रमा खाद्यान्न, फलफुल, तरकारी, पहुपन्छी तथा दुग्धजन्य उत्पादनको गुणस्तर नाँपजाँच तथा निर्धारणकालागि अत्याधुनिक प्रयोगशाला र प्रशोधन केन्द्र पनि निर्माण गरिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्