२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

ओरालो लाग्दै नेप्से सूचक, १९ सय नजिक

साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक ओरालो लागेको छ ।

सोमवार नेप्से सूचक १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स यस दिन २.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ।


सोमवार कारोबारमा आएका २२५ कम्पनीको २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। आईतवारको तुलनामा कारोबार रकम भने बढेको छ। आईतवार कारोबारमा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।


नेप्सेका १३ उपसमूह मध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२२ प्रतिशतले बढेको छ । त्यस्तै,अन्य, हाइड्रोपावर र फाइनान्स उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले  घटेका छन् । नेप्से घटेपनि सोमवार युनाइटेड इडि मार्दीको शेयरमूल्य ४.१७ प्रतिशतले बढेको छ। यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ। नविल बैंकको सबैभन्दा धेरै ४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित: २७ भाद्र २०७९ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App