२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमानबाट निर्घात कुटपिटपछि न्यायको खोजीमा गीता

श्रीमानको कुटाइबाट घाइते गिता तस्विरः ललित विष्ट

श्रीमानको कुटाइबाट श्रीमती घाइते  भएकी छन्। कालिकोटको मान्म बजारमा पसल गर्दै आएकी सान्नी त्रिवेणी गाउँपालिका–१ की २३ वर्षीया गीता जैसी (शाही)लाई उनका श्रीमान दानबहादुर शाहीले निर्घात कुटपिट गरेका हुन्।  

तिज आउदै थियो। बजारमा नाचगानमा ब्यस्त भइरहेका थिए महिलाहरु। तर गिताले भने भदौ १२ गते राती निर्घात कुटाइ खानु पर्र्‍यो। यो पिडा उनका श्रीमान दानबहादुर शाहीले दिएका थिए।  

गिता जैसि शाहीकी दोस्रो श्रीमती हुन। पहिलो श्रीमती हुँदाहुँदै २०७५ सालमा गितासंग शाहीले दोस्रो विवाह गरेका थिए। नेकपा एमाले कालिकोटका पार्टी कार्यालय सचिव समेत रहेका दानबहादुर शाहीले लामो समय शारीरिक सम्बन्ध राख्दै आएपछि गिताको गर्भमा वच्चा बसेपछि विवाह गरी घरमा ल्याउन बाध्य भएका थिए।

दैलेखको भगवतीमाई गाउँपालिका–५ कट्टी घरभइ हाल खाँडाचक्रको मान्म बजारमा व्यापार गर्दै अएका आरोपित शाहीको कान्छी श्रीमती जैसीबाट साढे तीन वर्षको एक छोरा समेत छन्। उनले १९ गते आइतबार जिल्ला अदालत कालिकोटमा मुदा दर्ता गर्ने तयारी समेत गरेकी छन्।  

‘पटक पटक म माथि हातपात गर्ने,बोक्सीको आरोप लगाउने,आफन्तसँग भेटघाट गर्न नदिने क्रियाकलाप गर्दै आएको र यो पटक मरणासन्न हुनेगरी कुटपिट गरेपछि प्रहरी समक्ष पुग्नु परेको गिताले बताइन्।’

घर ल्याए देखि विवाद हुँदै आएको शाही दम्पतीको मिलन खासै भएको थिएन। पटक पटक कुटपिट गदै प्रहरी समक्ष जाने र माफि मागेर आउने गरेता पनि यसपालि भने घाइते हुने गरी कुटपिट गरेपछि न्यायको खोजिमा रहेको पिडित महिलाले बताइन्।  

उनले आफू कुटपिटसहित सम्बन्ध विच्छेदका लागि कानुनी निकायमा जान चाहेको बताइन्। उनले १७ गते जिल्ला प्रहरी कार्यलयमा पुगेर उजुरी गरेकी छन्। कुटपिटबाट गिताको कान च्यातिएको छ भने शरीरमा पूरै निल डाम परेका छन्। उनि राम्रोसंग बोल्न पनि सक्दीनन्।

राजनीतिक सपोट पाएका उनका श्रीमान दानबहादुर शाहीलाई कसरी कार्वाही हुन्छ भन्ने उपाय दिने मान्छे नपाएर पनि गिता कुन कसुरमा मुद्धा हाल्ने भन्ने अन्योलमा छिन्। कसैले सिधै अदालतमा जान भनेका छन् भने कसैले प्रहरी समक्ष गएमा पक्राउ पर्ने र प्रहरीले मिसिल तयारी गरी अदालत जाँदा सजिलो हुने सुझाव दिने गरेको पिडित महिलाले बताइन्।  

उनका माइती पक्ष पनि मेलमिलाप गराउने पक्षमा छन्। दोस्रो विवाह भएकाले विवाह दर्ता समेत छैन। महिलाका दाइ गौरी जैसिले भान्जाको जन्मदर्ता उसैको नामबाट भएको भएपनि दुरव्यवहार भने जहिले पनि गर्ने गरेको बताए।  

प्रहरीले खासै चासो नदिएकाले आफूहरु सिधै अदालत जाने निर्णय भएको उनले बताए। प्रहरीले अलि अलि रिसाए जस्तो गर्ने तर अरु केही नगर्ने देखेर अदालत गएको उनको भनाइ छ।

पतिले कुटपिट गरि घर निकाला गरेपछि पीडित हाल आफन्तको आश्रयमा बसिरहेकि छन्। घरेलु हिंसा गरी कुटपिट तथा यातना दिएको आरोपमा पीडितले श्रीमान विरुद्ध जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी समेत दिएकी छन्।

घाइतेको जिल्ला अस्पताल,कालिकोटमा उपचार हुनुका साथै घाउजाँच केसफारम गरिएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए। साथै उनले पीडितको उजुरीपछि घटनाका विषयमा अनुसन्धान भइरहेको बताए।  

प्रकाशित: १९ भाद्र २०७९ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App