१२ पुस २०८१ शुक्रबार
image/svg+xml

दुर्घटनामा परी तीनको मुत्यु

यहाँ भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार साँझ बेनीमणिपुर–८ भित्री सडकखण्डमा उत्तरदेखि दक्षिण आउँदै गरेको लु२त ६१६६ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा ट्र्याक्टरमा सवार १४ वर्षीय होमबहादुर रानाको मृत्यु भएको इलाका प्रहरी दुम्किबासले जनाएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कैलालीको अत्तरियामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । राति करिब १२ बजेको समयमा गोदावरी तर्फबाट तीव्र गतिमा आएको से.४प. ५४०९ नं को मोटरसाइकल अत्तरिया चौराहामा रहेको पार्कको रेलिङमा ठोक्किएपछि चालक कञ्चनपुर कृष्णनगरपालिका–२ बस्ने २२ वर्षीय सुरेश भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बस दुर्घटनामा ३ जनाको मृत्यु

दाङमा बिहीबार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन् । घोराहीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७७६ नम्बरको बस घोराही लमही सडक खण्डको मसोट खोला भन्ने स्थानमा पल्टिएको हो।

टयाक्टर दुर्घटनामा बुवाको मृत्यु, छोरा वेपत्ता

डोल्पादेखि जुम्ला खलंगातर्फ आउँदै गरेको टयाक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छन भने अर्का एकजना वेपत्ता भएका छन्। सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ ।

इन्डोनेसियामा सैन्य विमान दुर्घटना हुँदा १३ को मृत्यु

इन्डोनेसियामा सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। टिमिका सहरबाट उडेको हर्कुलस सी १३० जहाज वामिना विमानस्थलमा अवतरणका लागि चालकले टावरसँग सम्पर्क गरेका थिए।

संशोधनमा सहयोग नभए दुर्घटनाको खतरा : प्रधानमन्त्री

संविधान अपूरो रहेको र संशोधनका लागि अभियान चलाउने उद्घोषका साथ नेपाल आदिवासी जनजाति महासंघको नवौं केन्द्रीय महाधिवेशन शनिबार भरतपुरमा सुरु भएको छ। संविधान अपूरो भन्ने महासंघको मतमा मत मिलाउँदै महाधिवेशन उद्घाटन गर्न आएका  प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले भने 'संविधान जारी हुँदा नै अपूरो भन्ने पार्टीको नेता नै मै हुँ।'

अमेरिकामा भयानक कार दुर्घटना

अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा नेपाली युवतीकाे ज्यान गएकाे छ। सवार यवतिको समेत मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्।

विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर

ललितपुरस्थित क्यारेवियन स्कुलका विद्यार्थी चढेकाे बस मकवानपुरकाे फाखेल जाने बाटाेमा दुर्घटना भएकाे छ। २६ जना विद्यार्थी बाेकेकाे बस शनिबार विहान दुर्घटना भएकाे ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।

धादिङको भूमेस्थानमा जीप दुर्घटना, चालकसहित तीनको मृत्यु

पृथ्वी राजमार्गअर्न्तगत धादिङको भूमेस्थान-६ कोइरालेमा स्कार्पियो जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। पश्चिमबाट काठमाडौँ आउँदै गरेको ग२च ४५७२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट खसेको हो।

प्यूठानमा बस दुर्घटना, एकको मृत्यु

प्यूठानमा बस दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते छन्। बुधबार दिउँसो दाङको भालुवाङबाट प्यूठानको दरभानतर्फ आउँदै गरेको ना ३ ख ७०३३ नम्बरको मिनी बस बांगेशाल–६ धारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

चावहिलमा दुर्घटना, कलेज छात्रको मृत्यु

काठमाडौँ महानगरपालिका–७ मित्रपार्कमा भएको मोटरसाइकल दुर्घटनामा एक कलेज छात्रको मृत्यु भएको छ।

रामेछापमा ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

रामेछापको खाँडादेवी—१ धुरेनखोपमा गएराति ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। राति करिब ८ः३० बजे गाल्पामा गिट्टी झारेर चोप्राङ फर्किंदै गरेको बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट करिब अढाई सय मिटर तल खसेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्