१३ पुस २०८१ शनिबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, तीनजना घाईते भएका छन्। दाङको सितलपुरबाट तुलसीपुरतर्फ आउदै गरेको लु २ त ३२८२ नम्बरको ट्याक्टर जसपुर नजीकै पल्टीँदा त्यसमा सवार तुल्सीपुर १८ नीवासी ३३ बर्षीय कमला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

अरनिको राजमार्ग भैँसेपाटीमा टाटा सुमो जिप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने चालकसहित नौ घाइते छन् ।

तेह्रथुममा बस दुर्घटना, ३ को मृत्यु, २८ घाइते (फोटोसहित)

धरानबाट तेह्रथुमको म्याङ्लुङ लागि छुटेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। पहाडी सुपर नामको ना ४ ख २८६५ नम्बरको बस सडकबाट करिव सय मिटर तल खसेको हो।

दुर्घटनामा दुईको मृत्यु

-काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

बारामा सवारी दुर्घटना, चार जनाको मृत्यु

वीरगंजबाट नारायणघाटतर्फ आउँदै गरेको जन्ती बाेकेकाे यात्रुवहाक बस र हेटाैंडाबाट पथलैया जाँदै गरेकाे कार एक अापसमा ठाेक्किँदा भएकाे दुर्घटनामा कारमा सवार चार जनाकाे मृत्यु भएको छ। शनिबार विहान बाराको आधाभार जंगलमा भएकाे दुर्घटनामा कार चालकसहित चारजनाको मृत्यु भएको मध्यमाञ्चल ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र मैनालीले जानकारी दिए।

हलेसीदेखि फर्केको बस दुर्घटना हुँदा ४ तीर्थयात्रीको मृत्यु (अपडेट)

खोटाङको हलेसीबाट फर्केको तीर्थयात्री सवार यात्रुबाहक बस शुक्रबार विहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। हलेसी दर्शन गरेर फर्केको ना ४ ख ३६२० नम्वरको बस सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडक खण्डको लेखानी ६ स्थित भदौरेमा दुर्घटना हुँदा २ तिर्थयात्रीको घट्नास्थलमै मृत्यु भएको थियो भने २ को उपचारार्थ कटारी ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको हो।

'पूर्वगृहमन्त्री घिमिरेको दुर्घटनामा बाह्य तत्त्वको संलग्नता देखिएन'

पूर्वगृहमन्त्री माधव घिमिरेको सडक दुर्घटनाबारे छानबिन गर्न गठित समितिलेसडकका छेउमा दुर्घटना भइहाले पनि सवारीसाधन नदीमा खस्न रोक्नसक्ने बलियो संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएको छ।

ट्याक्टर दुर्घटना, चालकको मृत्यु

मोरङको विराटनगर–५ स्थित भित्री सडकखण्डमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटी चालकको मृत्यु

भक्तपुर नगरपालिका–१५ कालोपाटीमा आज रोकिराखिएको बा३क ३७८१ नंको बसमा बा७९प १७६ नंको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

४० यात्रु सवार पाकिस्तान एयरकाे विमान दुर्घटना

पाकिस्तानी इन्टरनेशन एयरलाइन्सको वेपत्ता विमान एबटाबादमा दुर्घटनाग्रस्त भएको छ। ‘पीके–६६१’ कल साइनको उक्त विमान पाकिस्तानको चितरालबाट इस्लामाबादका लागि उडेको थियो।

सवारी दुर्घटनामा तीनको मृत्यु

बेग्लाबेग्लै दुर्घटनामा मंगलबार तीनजनाकाे मृत्यु भएकाे छ। चितवन रत्ननगर नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार पर्सा मटिहानी–५ बस्ने ३५ बर्षीय रामेश्वर मुखिया बिनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा उनको मृत्यु भएको छ।

ट्याक्टर दुर्घटना परी चालकको मृत्यु

यहाँ गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको मध्यवर्ती गाविस रौता– २ रसुवा शीरमा स १ त ३१३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक राकेश बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना

सुत्केरी गराउन गर्भवती महिला बोकेर गाउँबाट सदरमुकाम आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ। आइतबार राति जिल्लाको लादुक गाउँबाट चरिकोट आउँदै गरेको बा २ ख १५८६ नम्बरको एम्बुलेन्स दुर्घटनामा पर्दा सुत्केरी गराउन ल्याउँदै गरेकी महिलासहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्