७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं–अाइतबार भएका बेग्लाबेग्लै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
पोखरा उपमहानगरपालिका–९ स्थित सडकमा ट्रिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। ग.१ ख ४३८५ नम्बरको ट्रिपरले ग.२ प १०६६ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा मोटरसाइकल चालक खल्टे–१८ मसिना बस्ने १९ वर्षीय अशिम गुरुङको मृत्यु भएको हो। १९ बर्षीय रोशन गुरुङ घाइते अवस्थामा गण्डकी मेडिकल कलेजमा उपचाररत छन्।

रोल्पा कोटगाँउ–४ स्थित मोडमा रा.१ त १०९९ नम्बरको ट्याक्टरको ट्रली शनिबार पल्टँदा सोही ठाउँ बस्ने १४ वर्षीया सरिता बिकको मृत्यु भएको छ। गम्भीर घाइते भएकोले जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका १७ वर्षीया यमसरी केसीसहित १० जनालाई उपचारको लागि सोही अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

धनुषा तुल्सि–७ आँपगाछी स्थित बर्दिबास सिन्धुली सडक खण्डमा ना.१ ज ५७६५ नम्बरको जिपले शनिबार सोही ठाउँ बस्ने चित्रबहादुर श्रेष्ठको ८ बर्षीय छोरा निर्दोष श्रेष्ठलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ। गम्भीर घाइते भएकोले जनसेवा अस्पताल बर्दिबास पठाइएकोमा उपचारको क्रममा बालकको मृत्यु भएको हो। जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।

यसैगरी धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ राजदेवि मन्दिर अगाडी सडकमा ज.४ प ९७७२ नम्बरको मोटरसाइकललाई ज.१ त ३५२१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही घर भई जनकपुर रामानन्द चोक बस्ने ३५ वर्षीय शरद कुमार दासको मृत्यु भएको छ। गम्भीर घाइते भएकाले उपचारको लागी जनकपुर अंचल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो।

धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–४ स्थित सडकमा ज.१ त ६६८९ नम्बरको ट्याक्टरलाई आइतबार ज.१ च १२०२ नम्बरको जिपले ठक्कर दिँदा दुबै सवारी साधन सडक किनारामा पल्टदाँ ट्याक्टर चालक मिथिला नगरपालिका–२ नक्टाझिज बस्ने ३० वर्षीय संजय रामको मृत्यु भएको छ।

धादिङ थाक्रे–५ स्थित सडकमा बा.२ ख १५०२ नम्बरको ट्रिपर शनिबार सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय नारायण रेग्मीको मृत्यु भएको छ।

प्रकाशित: १९ मंसिर २०७३ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App