७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा सैन्य विमान दुर्घटना हुँदा १३ को मृत्यु

जकर्ता— इन्डोनेसियामा सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। टिमिका सहरबाट उडेको हर्कुलस सी १३० जहाज वामिना विमानस्थलमा अवतरणका लागि चालकले टावरसँग सम्पर्क गरेका थिए।

खराब मौसमका कारण सो विमान दुर्घटना भएको हुनसक्ने वायु सेनाका उपप्रमुख हदियान सुमिन्तामड्जाले बताए। बादल र कुहिरोका कारण चालकले दिशा गुमाउँदा दुर्घटना भएको हुनसक्ने उनले बताए।

विमानमा तीन पाइलट, ९ जना सैनिक र एक यात्रु सवार थिए। दुर्घटनास्थल मौसमको पूर्वानुमान गर्न कठिन क्षेत्र मानिन्छ। अमेरिकन डिजाइनको हर्कुलस सी १३० विश्वभरि नै सैन्य प्रयोजनका लागि प्रयोग हुने गर्छ।

उद्धारकर्ताहरुले पहाड नजिकै विमान भग्नावशेष अवस्थामा भेटिएको बताएका छन्। दुर्घटनामा मृत्यु भएका सबै १३ जनाको शव प्राप्त भएको सेनाले जनाएको छ। यसअघि गत नोभेम्बरमा पनि इन्डोनेसियाली सेनाको जहाज बोर्नेमा दुर्टना भएको थियो। त्यतिबेला तीन जनाको ज्यान गएको थियो।

प्रकाशित: ३ पुस २०७३ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App