सडक दुर्घटना : 'नियमित आकस्मिकता'
नेपालमा सडक दुर्घटना अब 'नियमित आकस्मिकता' हुन पुगेको छ। सडकमा हरेक दिनजसो दुर्घटना भइरहेका छन्। गत शुक्रबार एकाबिहानै नारायणगढ–मुग्लिन सडक खण्डमा गुडिरहेको बस एकाएक त्रिशूली नदीमा खस्दा २२ यात्रुको मृत्यु हुुनुका साथै झन्डै त्यति नै संख्यामा घाइते भएका छन्।