बागलुङमा जीप दुर्घटना, दुईको मृत्यु
जीप दुर्घटनामा बागलुङमा दुई जनाको मृत्यु भएको छ । लेखानीबाट रेशतर्फ जादै गरेको जीप दुर्घटनामा पर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको हो।
जीप दुर्घटनामा बागलुङमा दुई जनाको मृत्यु भएको छ । लेखानीबाट रेशतर्फ जादै गरेको जीप दुर्घटनामा पर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको हो।
बैतडीमा सोमबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका आठजनाको अवस्था खतरामुक्त रहेको बताइएको छ । दुर्घटनामा परी घाइते भएकाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न पद्मा अस्पताल अत्तरियाका डाक्टर धिरेन्द्र मौनीले जानकारी दिए।
सडक दुर्घटना कम गर्न सवारी चालकको लाइसेन्स खारेजसम्मको कानुन बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले सांसदसमक्ष माग गरेका छन्। व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिमा सोमबार ट्राफिक व्यवस्थापनसम्बन्धी छलफलमा डिआइजी अर्यालले कानुन फितलो हुँदा चालकको लापरबाहीका कारण नेपालमा ज्यान गुमाउनेको संख्या डरलाग्दो रहेको तथ्यांक पेस गरेका छन्।
मधेसकेन्द्रित दलले मधेस आन्दोलन अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकासम्मको नाम छ।
बैतडीमा आज दिउँसो बस दुर्घटना हँुदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो ।
काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। करिब ३५ जना घाइते छन्। २६ घाइतेलाई उद्धार गरी नेपाली सेनाको हेलिकोप्टले राजधानी ल्याएकाे छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उक्त मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई आगामी दिनमा कडाइका साथ पालना गराइने जानकारी दिए ।
कैलाली– दीपायलबाट धनगढी आउँदै गरेको शैलेश्वरी यातायातको ना ६ ख १६९१ नम्बरको यात्रुुवाहक बस भीमदत्तपन्त राजमार्गअन्तगर्त कैलाली जिल्लाको सहजपुर गाविस वडा नं. ९, मारभट्टी मोडमा शुक्रबार बिहान १ बजे दुर्घटना हुुँदा २ जनाको मृत्युु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।
काठमाडौं- फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले मंगलबार चार सदस्यीय दुर्घटना छानविन समिति गठन गरेको छ।
पृथ्वीराजमार्गअन्तर्गत बेनीघाट गाविसको मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको आज मृत्यु भएको छ ।
निजी क्षेत्रको हेलिकोप्टर सेवाप्रदायक कम्पनी फिसटेल एयरको एउटा हेलिकोप्टर सोमबार दुर्घटनाग्रस्त हुँदा चालकसहित त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ। काठमाडौंबाट बिरामी लिन गोरखा गएर फर्कने क्रममा हेलिकोप्टर नुवाकोट पुगेपछि दुर्घटनामा परेको हो।
काठमाडौं- गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।
गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाकाे मृत्यु भएकाे छ।
गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ६ जनाकाे मृत्यु भएकाे फिस्टेल एयरका रमेश शिवाकाेटीले नागरिकन्युजलाई बताए।
कोपाइलट प्रशान्तको हातबाट जहाजको कमाण्ड क्याप्टेन लामाले लिए। बचाउनु सिंगो जीवन थियो, समय सेकेण्डमा बदलियो। प्रतिसेकेण्डमा सही चाल र तिक्ष्ण विवेक चाहिएको थियो। क्याप्टेन लामाले छेउमा ‘कोपाइलट भाइ’को अनुहार नियाले। भयावह डरको बोझलाई शक्तिमा बदल्ने अठोट लिए। भने– ‘नो वरी, आइएम हेयर, (धैर्य गर, म छु)।