भक्तपुर–भक्तपुरको सुडाल जितपुरमा जन्ती बस दुर्घटनामा परेको छ । जन्ती बस खस्दा करिव ४० जना घाइते भएका छन् । नगरकोट नगरपालिकास्थित सुडाल जितपुरमा भएको दुर्घटनामा घाइते २५ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
बाँकी इवा मुरा अस्पताल सल्लाघारी, मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचारलगायतमा उपचार भइरहेको छ । बा४ख १९०५ नम्बरको बस भीरबाट खसेको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरका प्रमुख कमल बडवाललले दुर्घटनाको विस्तृत विवरण आउन बाँंकी रहेको जनाए । दुलही लिन गएको गाडी दुर्घटनामा परेको उनले बताए । दुलहा जयराम तिमल्सिनाको कोटेश्वरमा जन्ती लिन आइरहेको गाडी दुर्घटनामा परेको हो।
प्रकाशित: ९ भाद्र २०७३ ०७:४४ बिहीबार