नवौं राष्ट्रिय खेलकुदको तयारी पूरा
पोखरामा बिहीबार भएको अन्तिम तयारी बारेको पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताए।
पोखरामा बिहीबार भएको अन्तिम तयारी बारेको पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताए।
म्याग्दीको सदरमुकाम बेनीमा बिहिबारदेखि सुरू भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसँग सुदुरपश्चिम प्रदेश पराजित भएको छ।
पुरुष टिम सेबर तर्फको स्वर्ण पदक प्रतिष्पर्धाको त्रिभूवन आर्मीले जितेको छ। आर्मीले वागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो। वागमती रजत पदकमा चित्त बुझायो। गण्डकी वागमती प्रदेशसँग ४५–४१ स्कोरमा पराजित हुदैं फाइनल पुग्नबाट चुक्यो।
आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ। ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन्।
नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा ढिलो गरी पुरुष हक्कीको खेल शुरु भएको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ। यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन्।
सशस्त्र प्रहरीको महिला क्रिकेट टोलीले दोस्रो जित निकाल्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ। गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सशस्त्र अन्तिम चारमा प्रवेश गरेको हो। गण्डकीले तीन खेलमा पराजित हुदैं समूह ए को अन्तिम स्थानमा छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकका रूपमा फेन्सिङका विजय अधिकारीले कांस्य पदक जितेका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार फेन्सिङमा तीन स्वर्णको नतिजा टुंगिँदा बाग्मतीले दुई र नेपाली सेनाले एक स्वर्ण जितेका छन्।
गांगुली भारतीय क्रिकेटका चर्चित पूर्वकप्तान हुन् र उनी पछिल्ला तीन वर्षयता विश्व क्रिकेटकै शक्तिशाली क्रिकेट बोर्ड बिसिसिआईका अध्यक्ष थिए।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकको रुपमा फेन्सिङका विजय अधिकारीले काँस्य पदक जितेका छन्। उनले काँस्य पदक जितेको भोलिपल्टै पोखरा महानगरपालिकाले खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गरेको छ।
बिहीबार विहानै हक्कीको उदघाटन हुदैं छ। तर खेलस्थल अझै तयारी भईसकेको छैन्। पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा पुरुष हक्की हुनेछ। पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङको खेल मैदानमा महिला हक्की शुरु गर्ने योजना नेपाल हक्की संघको छ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) बुधबार लुम्बिनी लगिने भएको छ।
नेपाल पुलिस क्लबले पोखरा क्रिकेट मैदानमा दोस्रो जित निकाल्ने क्रममा प्रदेश नं १ लाई ११८ रनले पराजित गरेको छ। सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै प्रदेश नं १ लाई १५९ रनको लक्ष्य नेपाल पुलिसले दिएको थियो।
नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।