२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिस सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा ११ औं महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो अर्धशतक पुरा गरेपछि अभिवादन गर्दै नेपाल पुलिसकी सम्झना खड्का। तस्बिर उमेश पुन÷नागरिक

नेपाल पुलिस क्लबले पोखरा क्रिकेट मैदानमा दोस्रो जित निकाल्ने क्रममा प्रदेश नं १ लाई ११८ रनले पराजित गरेको छ। सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै प्रदेश नं १ लाई १५९ रनको लक्ष्य नेपाल पुलिसले दिएको थियो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो सहभागिता जनाएको पुलिसले बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा ३ विकेटको क्षतिमा विशाल लक्ष्य प्रस्तुत गरेको थियो। पहिलो विकेट काजल श्रेष्ठलाई ६ रनमा गुमाएको पुलिसले दोस्रो विकेटको लागि कविता कुँवर र सम्झना खड्काले ७७ रनको साझेदारी गरे। कविताले ३७ रन बनाउने क्रममा रन आउट भईन्। उनले ३८ बल खेल्दै ३ चौका र १ छक्का हिर्काइन्। खड्काले ६० रनको अर्धशतकीय पारी खेलिन्। उनी रन आउट हुदैं बाहिरिदाँ ४३ बल खेलिन। सर्वाधिक १० चौका हिर्काईन्। तेस्रो विकेटको लागि खड्काले अप्सरी बेगमसँग ४१ रनको साझेदारी निभाईन्। बेगमले अविजित २१ रनमा खेल्दा कप्तान रुविना क्षत्री १६ रनमा अविजित रहिन।  

टस जितेर प्रदेश नं १ ले नेपाल पुलिसलाई पहिले व्याटिङको निम्तो दिएको थियो। १५९ रनको लक्ष्य पछ्याएको प्रदेश नं १४० रनमै समेटियो। ललिता राजबंशीले ११ रन बनाउँदा सानु राजवंशीले पनि ११ रनकै योगदान गरिन्। अन्य व्याटर सबै दोहोरो अंकको रन बनाउन चुके। हिरण्यमी रोयले ३ ओभरमा १ मेडन राख्दै ६ रन दिएर ३ विकेट लिईन्। खेलमा प्लेयर अफ दि म्याच सम्झाना खड्का बनिन्।  

प्रकाशित: २६ आश्विन २०७९ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App