१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ह्याण्डबलः मधेस प्रदेशका दुवै टोली पराजित

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिताको पहिलो खेलमा कर्णालीले प्रतिष्पर्धात्मक जित निकाल्ने क्रममा अञ्जली शाही र संगीता सिंहले समान ५/५ गोलको योगदान गरे।

नवौं राष्ट्रिय खेलकुदः सुदूरसँग गण्डकी पराजित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा गण्डकीमाथि सुदुरपश्चिमले ६विकेटको जित निकालेको छ। छैठौं ओभरमा १५ रन खर्चिएपछि गण्डकी हार नजिक पुगेको थियो। टस हारेर व्याटिङमा उत्रिएको गण्डकीले ५ विकेटको क्षतिमा ५९ रनमा समेटिएको थियो।

नवौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा पनि गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन

नवौं राष्ट्रिय खेलकुदको प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन बनेको छ। २०७७ चैत १ गते नियुक्त भएका तेजबहादुर गुरुङको उमेरहदसँगै अवकाश भएपछि गण्डकी खेलकुद परिषद सचिव विहीन भएको हो।

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा बागमती माथि सशस्त्रको जित

मध्यक्रमकी व्याटर रोमा थापाले २२ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि सशस्त्र प्रहरी बलले मंगलबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेटको जित निकालेको छ।

धनुषाको एकै पालिकाबाट १५ जना खेलाडी नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट

जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन्। छनोट भएकामध्ये १४ हक्कीका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वअध्यक्ष अरुणकुमार महतोले जानकारी दिए।

बागमती, आर्मी र सुदुरपश्चिमलाई एक-एक स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बाग्मती प्रदेशकी शिक्षा नापितले जितेकी छन्।

नवौं राष्ट्रिय खेलकुद : डेब्युमै पुलिसको फराकिलो जित

महिला क्रिकेटमा नेपाल प्रहरीले पोखरा क्रिकेट मैदानमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मार्फत डेब्यु गर्यो। डेब्युमै फराकिलो जित निकाल्दा पानीले प्रभावित बनायो। वर्षाले प्रभावित बनाएको खेलमा नेपाल प्रहरीले कर्णाली प्रदेशमाथि डिएल नियमानुसार ६३ रनको जित निकाल्यो।

नवौं राष्ट्रिय खेलकुदः व्यक्तिगत सेबर तर्फ बागमतीकी शिक्षालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेकी छिन्। उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत हुन्।

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन्।

नवौं राष्ट्रिय खेलकुदः क्रिकेटमा प्रहरीद्वारा कर्णालीमाथि फराकिलो जित

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सोमबार विहान भएको पहिलो खेलमा पानीले अवरुद्ध हुँदा डिएल नियमअनुसार नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ। टस जितेर व्याटिङमा उत्रिएको नेपाल पुलिसले सम्झाना खड्काको २५ रनको महत्वपूर्ण योगदानमा ६ विकेटको क्षतिमा ११० रनको योगफल तयार पारेको थियो।

नवौं राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा मधेश विरुद्ध गण्डकीको फराकिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार विहान बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ।

ह्यान्डबलमा गण्डकी र आर्मी भिड्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारदेखि सुरु हुने पुरुष ह्यान्डबलतर्फ आयोजक गण्डकी प्रदेश र विभागीय टोली नेपाल आर्मी क्लब भिड्ने भएका छन्।

नवौं राष्ट्रिय खेलकुदः गण्डकीको जित्ने धोको अधुरै, सुदूरमाथि बाग्मतीको ८ विकेटको जित

महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन्। आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो। मधेश प्रदेशले उदघाटन खेलमा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो।

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पहिलो जित निकाल्ने गण्डकीको चाहना अधुरै , ४० रनले पराजित

घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन्। आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो। मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसाथ गर्दै गण्डकी माथि सदा झैं दबाव कायमै राख्यो।

नवौं राष्ट्रिय खेलकुद: प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीसँग आग्रह

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीसँग आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्