७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः गण्डकीको जित्ने धोको अधुरै, सुदूरमाथि बाग्मतीको ८ विकेटको जित

सुदूरपश्चिम विरुद्ध विकेट लिएपछि बाग्मती प्रदेशका खेलाडीहरु खुशी साट्दै। तस्बिरः उमेश पुन÷नागरिक

महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन्। आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो। मधेश प्रदेशले उदघाटन खेलमा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो।  

शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो। ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा टिक्नै सकेन्। गोदार गोल्ड डक आउट भईन्। उनी सन्तोषी चौधरीको पहिलो बलमा एलबी डब्लुको शिकार हुन पुगिन्। ज्योत्स्निका मरासिनी पनि ५ रनमै रनआउट भएपछि गण्डकी प्रदेश सस्तैमा समेटिने देखियो।  

टस हारेर व्याटिङमा उत्रिएको मधेश प्रदेशले निर्धारित २० ओभर खेल्दै ७८ रनकोे गण्डकीलाई लक्ष्य दिएको थियो। सृष्टी जैसी ३, अन्जली विश्वकर्मा २ रनमा आउट भए। सुजिता थापा डक आउट भईन् । श्रद्धा गुरुङपनि गोल्डेन डक हुदैं पभेलियन फर्किन बाध्य भईन। उनी सरस्वती कुमारी चौधरीको बलमा आउट हुदाँ गण्डकी प्रदेशको स्कोर प्रतिस्पर्धात्मकको स्थिति भन्दा निकै तल थियो।  

सीमा केसी २, आकृति तिवारी र निरुता जिटी पनि शून्यमै आउट भएपछि गण्डकी प्रदेश ३७ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो। केवल १९ ओभर खेल्ने क्रममाा जिटी पनि अनुराधा चौधरीको बलमा गोल्डेन डक आउट हुन पुगिन्। मधेशकी बलर अनुराधा चौधरीले ४ ओभरमा १ मेडन राख्दै ८ रन दिदैं ४ विकेट लिईन्। शान्ति चौधरी र कविता गौतमले समान दुई दुई विकेट लिए।  

टस हारेर व्याटिङमा उत्रिएको मधेशले पनि पहिलो दुई ओभरमा दुई विकेट गुमायो। ओपनरको रुपमा आएकी अनुराधा चौधरीले ४ बल खेल्दै डक आउट भईन्। सबनम खातुन पनि ३ बल खेल्दै शून्यमै आउट भएपछि दबावमा परेको मधेशको इनिङ्सलाई तेस्रो र चौथो नम्बरमा आएका व्याटरद्वय सना प्रविन र अलिशा यादवले सम्हाले। उनीहर दुवैले १४÷१४ को महत्वपुर्ण योगदान दिए। साना कुसुम गोदारको बलमा आउट हुदाँ यादव आकृति तिवारीको बलमा अन्जली विश्वकर्माको हातबाट क्याच आउट भईन्। नवौं नम्बरमा आएकी सरस्वती चौधरीले १५ रनको महत्वपूर्ण योगदान दिईन्। उनले २७ बल खेल्दै अविजित १५ रन बनाएपछि मधेशले ८ विकेटको क्षतिमा ७७ रनमा बनाएको थियो। आकृति तिवारीले ४ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिदाँ कुसुम गोदारले २ विकेट लिईन् । खेलमा मधेशकी अनुराधा चौधरी प्लेयर अफ दि म्याच घोषित भईन्।  

यसैगरी दोस्रो खेलमा बाग्मती प्रदेशले सुदुरपश्चिमलाई ९ विकेटले विकेटले पराजित गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुखद शुरुवात गर्यो। टस हारेर व्याटिङमा उत्रिएको सुदुरपश्चिमले बाग्मतीलाई ७२ रनको लक्ष्य दिएको थियो। सातौं ओभरको तेस्रो, चौथो र अन्तिम बलमा लगातार तीन विकेट गुमाएर धरासयी बनेको सुदुर पश्चिमले बाग्मती प्रदेशलाई अन्तिमसम्म आईपुग्दा प्रतिस्पर्धात्मक ७२ रनको लक्ष्य दियो। छैटौं ओभको अन्तिम बलमा पहिलो विकेट गुमाएपछि थप तीन विकेट सातौं ओभरमा गुमाउन पुग्यो। २२ रन स्कोर बोर्डमा जोडिदा पहिलो विकेटको रुपमा सुदुर पश्चिमले रुबी पोद्दारलाई गुमाएको थियो। ओपनरकी रुपमा रहेकी पोद्दारले १२ रन बनाउने क्रममा एक चौका हिर्काईन्। पोद्दारलाई करिष्मा गुरुङले आउट गरिन्। उनीसँगै ओपनिङ गरेकी विन्दु रावल ५ रनमा एलबीडब्लुको धरापमा परिन्े। सोनी पाख्रिनले रावललाई एलबीडब्लुको शिकार बनाएकी थिईन्।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ११ औं महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा टस हार्दै सुदुर पश्चिमले पहिलो इनिङको शुरुवात गर्ने ओपनिङ साझेदारी २२ रनसम्म टिक्यो उनी आउट भएपछि सुदुरपश्चिमको लगातार विकेट खस्न पुग्यो। थप ५ रन जोड्ने क्रममा ५ विकेट गुमाउँदै २७÷५ को स्थितिमा थियो ।आठौं नम्बरमा आएकी अनु कडायतले दुई चौका हिर्काउँदै २२ रन महत्वपूर्ण इनिङ खेलिन् । उनले सम्हालिदैं व्याटिङ गर्दै प्रतिस्पर्धात्मक लक्ष्यसम्म पुर्याईन्। खुशी डंगोलको बलमा बोल्ड भएपछि पभेलियन फर्किएपछि सुदुर पश्चिम थप धरासायी बन्न पुग्यो। ७१÷८ को स्थितिसम्म पुर्याएकी कडायत आउट भएपछि बाँकी दुई विकेट पनि शून्यमा आउट भए।  

बाग्मती प्रदेशकी सोनी पाख्रिनले सर्वाधिक ५ विकेट लिईन्। ४ ओभर बलिङ गर्ने क्रममा १३ रन मात्रै खर्चिएर उनले पाँच विकेट लिदैं सुदुरपश्चिममाथि दबाव बनाएकी थिईन्। खुशी डंगोलले २ तथा करिष्मा गुरुङ, अस्मिता खरेलले समान १÷१ विकेट लिएका थिए।

७२ रनको लक्ष्य पछ्याएको बाग्मतीले दुई विकेटको क्षतिमा १३.१ ओभरमा लक्ष्य पुरा गर्यो। ओपनरद्वय कन्चन श्रेष्ठ र अस्मिता खरेलको जोडीले उत्कृष्ठ इनिङसँग महत्वपूर्ण साझेदारी निभाए। उनीहरुले ४७ रनको साझेदारी निभाएका थिए। पहिलो विकेटको रुपमा अस्मिता खरेललाई ९ रनमा गुमाएको थियो । दोस्रो विकेटको रुपमा कन्चन श्रेष्ठ आउट हुन पुगिन्। श्रेष्ठले २५ रनमा खेलिरहँदा अनु कडायतको बलमा रन लिने क्रममा रनआउट हुदैं पभेलियन फर्किईन्। १३ औं ओभरमा १६ रन जोड्ेपछि बाग्मतीले ४१ बल बाँकी रहँदा सहज जित निकाल्यो। सुमन खतिवडाले १३ औं दुई चौका हिर्काईन्। खेलमा पाँच विकेट लिएकी सुदुर पश्चिमकी सोनी पाख्रिन प्लयेर अफ दि म्याच घोषित भईन्।  

यसअघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उदघाटन गरेका थिए।   

प्रकाशित: २३ आश्विन २०७९ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App