२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

धनुषाको एकै पालिकाबाट १५ जना खेलाडी नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट

धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन्। जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन्। छनोट भएकामध्ये १४ हक्कीका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वअध्यक्ष अरुणकुमार महतोले जानकारी दिए।

पन्ध्र खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए। ती खेलाडी आज बिहान पोखराका लागि प्रस्थान गरेका छन्। हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रुपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय रहेका छन्।

त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रृति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह रहेका छन्। त्यसैगरी खो–खो खेलतर्फ रुपा राई छनोटभएकी छिन्। आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकामा भएपछि आफूहरु निकै खुसी भएको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताइन्।रासस

प्रकाशित: २५ आश्विन २०७९ ०७:१२ मंगलबार

नवौं राष्ट्रिय खेलकुद