२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः क्रिकेटमा प्रहरीद्वारा कर्णालीमाथि फराकिलो जित

प्लयेर अफ दि म्याच सम्झना खड्का। तस्बिरः उमेश पुन÷नागरिक

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सोमबार विहान भएको पहिलो खेलमा पानीले अवरुद्ध हुँदा डिएल नियमअनुसार नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ। टस जितेर व्याटिङमा उत्रिएको नेपाल पुलिसले सम्झाना खड्काको २५ रनको महत्वपूर्ण योगदानमा ६ विकेटको क्षतिमा ११० रनको योगफल तयार पारेको थियो।

काजल श्रेष्ठ र कविता कुँवरको ओपनिङ जोडीले ३३ रनको साझेदारी निभाउँदै राम्रो शुरुवात गरे। दुवैले १६÷१६ रनको योगदान दिए। कविता कुँवर पहिलो विकेटको रुपमा पुलिसले गुमाउँदा उनले १४ बलमा ३ चौकासहित १६ रन बनाएकी थिईन्। उनी अन्जु गुरुङको बलमा बोल्ड भईन्।

तेस्रो नम्बरमा आएकी सम्झना खड्काले उत्कृष्ट पारी खेलिन्। यद्यपी दोस्रो विकेटको लागि केवल १३ रनको मात्रै साझेदारी हुन पुग्यो। अन्जु गुरुङकै बलमा काजल श्रेष्ठ किरण कुँवरको हातबाट क्याचआउट भईन्। उनले १६ बलमै २ चौका सहित १६ रन बनाएकी थिईन्। सम्झना खड्काले २५ रन बनाउने क्रममा २१ बल खेल्दै २ चौका हिर्काउँदै कर्णालीलाई प्रतिस्पर्धात्मक लक्ष्य दिने महत्वपूर्ण भूमिका खेलिन्।

रेवती धामीले १४, कविता जैसीले ८ रन बनाईन्। कप्तान रुबीना क्षत्री ९ रनमा अविजित रहिन्। कर्णालीकी अन्जुले ४ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिईन्। १११ रनको लक्ष्य पछ्याएको कर्णालीले १०.२ ओभर खेलिरहँदा पानी परेपछि डिएल नियमानुसार नेपाल प्रहरीले जितको आत्मसात गर्यो। कर्णाली १७ रन बनाउने क्रममा ७ विकेट खसेपछि जितको सम्भावना कमजोर भईसकेको अवस्थामा पानी परेको थियो। खेलमा सम्झना प्लयेर अफ दि म्याच घोषित भईन्।

प्रकाशित: २४ आश्विन २०७९ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App