१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा मधेश विरुद्ध गण्डकीको फराकिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार विहान बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ। गण्डकी प्रदेशले मधेश प्रदेशलाई ६६–१३ को फराकिलो गोल अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो।

गण्डकीको लागि चन्द्र केसीले सर्वाधिक १० गोल हिर्काए। मधेशको लागि अम्बर चौधरी थारुले ५ गोलको योगदान गरेका थिए।

ह्याण्डबल प्रतियोगिताको संघीय अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए। उनले विश्वमा खेलकुद मात्रै स्वास्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे। प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना समेत व्यक्त गरे।

प्रकाशित: २४ आश्विन २०७९ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App