८ वैशाख २०८१ शनिबार
खेल

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु

फेन्सिङ प्रतियोगितामा स्पर्धा गर्दै। तस्बिरः उमेश पुन/नागरिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ। प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन्।

विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले भाग लिएका छन्। प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन्।

तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ। ईपी, फोयल र फाबेर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ। राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भईरहेको छ। राउण्ड रोविनमा सवार्धिक अंक ल्याउने खेलाडी अर्को चरणमा प्रबेश गर्ने कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए।

प्रकाशित: २४ आश्विन २०७९ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App