७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः सुदूरसँग गण्डकी पराजित

सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै गण्डकीकी शिला क्षेत्री । तस्बिरः उमेश पुन÷नागरिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा गण्डकीमाथि सुदुरपश्चिमले ६विकेटको जित निकालेको छ।  छैठौं ओभरमा १५ रन खर्चिएपछि गण्डकी हार नजिक पुगेको थियो। टस हारेर व्याटिङमा उत्रिएको गण्डकीले ५ विकेटको क्षतिमा ५९ रनमा समेटिएको थियो।

चौथो नम्बरमा आएकी सृष्टि जैसीले २८ रनको महत्वपूर्ण इनिङ खेल्दै रन उकास्न प्रयास गरिन्। ४८ बल खेल्दै १ चौकासहित २८ रन बनाएर आउट भएपछि गण्डकी धरासायी बन्न पुग्यो। अन्य व्याटरको व्याटबाट दोहोरो अंक निस्कन सकेन्। सुदूरपश्चिमकी रितु कनौजियाले दुई विकेट लिईन।

६० रनको लक्ष्य पछ्याएको सुदूर पश्चिमले १०.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै गण्डकीमाथि हावी बन्यो। स्ट्राईकमा रहेकी कनौजियाले एकै ओभरमा १५ रन जोडेपछि लक्ष्य पछ्याउन सहज भएको थियो। उनले ३ चौका हिर्काईन्। रुबी पोद्दार, विन्दु रावल र अनु कडायतलाई सस्तैमा पभेलियन फर्काएपछि गण्डकीका बलर सुदुरपश्चिममाथि हावी देखिएका थिए। तर हावी केही समय मात्रै टिक्यो। आकृति तिवारीले छैटौं ओभर बलिङ गर्ने क्रममा १५ रन खर्चिएपछि खेल सुदुरपश्चिम तर्फ ढल्किएको थियो।

चौथो विकेटको लागि रितु र स्नेहा महर्जनले जितको लागि ४० रनको साझेदारी निभाए। ७÷३ को स्थितिमा रहेको सुदुरपश्चिमलाई रितु र स्नेहाले सम्हाल्दै जितको आधार तयार पारे। रितु  २२ रनमा खेलिरहँदा शिला क्षत्रीले रनआउट गरिन्। स्नेहा भने २१ रनमा अविजित खेलिन्। स्नेहाले २ चौका हिर्काईन्। उनले २७ बल खेल्दै २१ रन बनाईन्। गण्डकीकी शिला क्षत्रीले दुई तथा सृष्टि जैसीले एक विकेट लिईन्। खेलमा सुदुरकी रितु कनौजिया प्लेयर अफ दि म्याच घोषित भईन्।  

प्रकाशित: २५ आश्विन २०७९ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App