१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फेन्सिङको तेस्रो दिनमा आर्मी र सशस्त्रलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको तेस्रो दिन ११ वटा स्वर्णपदकको टुंगो लागेको छ। बिहीबार महिला फोयल इभेण्ट टिमको प्रतिष्पर्धामा वागमती प्रदेशलाई पराजित गर्दै सशस्त्र प्रहरी बलले स्वर्ण पदक जितेको छ।

नेपाली सेनाको त्रिभूवन आर्मीलाई (४५–४१ स्कोरमा) पराजित गर्दै फाइनल प्रवेश गरेको वागमती शसस्त्रसँग पराजित हुँदै रजतमा चित्त बुझायो। सशस्त्र प्रहरीले गण्डकी प्रदेशलाई (४५–१५ स्कोर) मा पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

गण्डकी र  त्रिभूवन आर्मीले भने कास्य पदकमा चित्त बुझाएका छन्। पुरुष टिम सेबर तर्फको स्वर्ण पदक प्रतिष्पर्धाको त्रिभूवन आर्मीले जितेको छ। आर्मीले वागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो। वागमती रजत पदकमा चित्त बुझायो। गण्डकी वागमती प्रदेशसँग ४५–४१ स्कोरमा पराजित हुदैं फाइनल पुग्नबाट चुक्यो। सेमिफाइनलमा पराजित गण्डकीले कास्य पदकमा चित्त बुझाएको छ। विभागीय डर्बीको प्रतिष्पर्धामा आर्मीले सशस्त्र प्रहरीलाई ४५–४३ स्कोरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

अब फेन्सिङको अन्तिम स्वर्णको फाईनल शुक्रवार हुनेछ। पुरुष तर्फको ईपी टिम इभेण्टमा स्वर्ण पदकको लागि सशस्त्र प्रहरी र त्रिभूवन आर्मी बीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: २७ आश्विन २०७९ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App