३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

ओलम्पिक टर्च लुम्बिनी लगिने

क्याप्शन

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) बुधबार लुम्बिनी लगिने भएको छ। 

उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पु¥याएर नवौं राष्ट्रिय खेलकुद आयोजना स्थल गण्डकी प्रदेशको राजधानी पोखरा ल्याईने भएको हो। ओलम्पिक टर्च लाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित, राजकुमारी पाण्डे र भगवती केसी रहेका छन्।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठले टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मुख्यालयबाट ओलम्पिक टर्च हस्तान्तरण गरेर विदाई गरे। सो अवसरमा कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, पुष्पराज ओझा लगायतको उपस्थिति थियो।

लुम्बिनी विकास कोषको सहकार्यमा बिहीबार विहान लुम्बिनीको शान्तिदीप अगाडि ओलम्पिक टर्चका साथ कार्यक्रम गरिने नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिए। ओलम्पियन्स संघले ओलम्पिक टर्चका लागि ओलम्पियनहरुको सिफारिस राखेपलाई गरेको हो।

ओलम्पियन टोलीले ल्याएको उक्त टर्च पोखरामा टिकाबहादुर बोगटीसहितको अर्को ५ सदस्यीय गण्डकीका ओलम्पियन टोलीलाई हस्तान्तर गरिनेछ। उद्घाटनका दिन शुक्रबार  सोही टोली र अन्य ओलम्पियन टोलीले ओलम्पिक टर्चलाई पोखरा रंगशालामा परिक्रमा गराएर गण्डकीका जेष्ठ ओलम्पियन सातौं दक्षिण एसियाली खेलकुदका म्याराथनका स्वर्ण पदक विजेता बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने जनाइएको छ।

प्रकाशित: २६ आश्विन २०७९ ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App