२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटको सेमिफाईनलमा प्रवेश गर्ने सशस्त्र दोस्रो टोली

महिला क्रिकेट प्रतिश्पर्धामा सशस्त्र प्रहरी र गण्डकी प्रदेश। तस्बिरः उमेश पुन÷नागरिक

सशस्त्र प्रहरीको महिला क्रिकेट टोलीले दोस्रो जित निकाल्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ। गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सशस्त्र अन्तिम चारमा प्रवेश गरेको हो। गण्डकीले तीन खेलमा पराजित हुदैं समूह ए को अन्तिम स्थानमा छ।  

टस जितेर व्याटिङ रोजेको गण्डकी केवल २६ रनमा समेटियो। चार व्याटर शून्यमै आउट भए। पहिलो, दोस्रो र तेस्रो नम्बरमा आएका व्याटरले समान ३÷३ रन जोडे। कप्तान श्रृष्टि जैसीले सर्वाधिक ५ रन बनाईन्। सशस्त्री इन्दु बर्माले २ र सीता रानामगर,निशा भट्ट,नेरी थापा, सुमन विष्टले समान १÷१ विकेट लिए।  

२७ रनको लक्ष्य पछ्याएको सशस्त्रले २.२ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । कप्तान सीता रानामगरले १२ रन बनाँउदै अविजित रहिन्। इन्दु बर्मा पनि अविजित रहँदै ९ रनमा खेलिन्। पहिलो विकेट ज्योति पाण्डेलाई २ रनमा गुमाएको थियो । खेलमा इन्दु बर्मा प्लेयर अफ दि म्याच घोषित भईन्।  

प्रकाशित: २७ आश्विन २०७९ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App