५ आश्विन २०८१ शनिबार
image/svg+xml

पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो। गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरु अहिले घरबिहीन भएका छन्।

गुल्मीका किसान केरा खेतीमा आकर्षित

मालिका गाउँपालिकाका केही वडामा मात्रै केरा खेती हुन्छ। केराखेती बारे कृषकमा प्राविधिक ज्ञान, तालिम आदिको अभावले विभिन्न रोग र किराले आक्रमण गर्ने सरसफाइको अभावमा बोट मर्नेलगायतका समस्या रहेको कृषि प्राविधिक बताउँछन् ।

भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।

अख्तियारमा स्थानीय तह विरुद्धको उजुरी चार गुणाले वृद्धि

स्थानीय तहको काम कारबाहीको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढ्दो क्रममा रहेको छ।

ज्येष्ठ नागरिकको अनुभव: स्थानीय सरकार नै जनताको सरकार

‘उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले गाउँघरमा नै आएर सबै सेवा दिन थालेपछि धेरै सुविधा पुगेको छ’, उनले भने, ‘ज्येष्ठ नागरिक भत्ताको नवीकरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषद्योपचार कसरी गर्ने भन्ने अहिले पिरलो छैन।’

सिसडोलमा प्रहरी र स्थानीयबिच झडप

काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लैजाने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको छ।

स्थानीय तहको निर्वाचनको व्यवस्थापन स्थानीय तहलाई नै

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी स्थानीय निकायलाई नै दिने तयारी थालेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली संकलन र अद्यावधिक गर्ने, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामाग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको अवगत गराए।

तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध

मकवानपुरका तीन स्थानीय तहले आजदेखि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन्। मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाँउपालिकाले आजदेखि यस्ता पदार्थ निषेध गर्न लागेका हुन्।

महाकाली नदीको सतह बढेपछि स्थानीयवासी त्रसित

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ।

अदालतलाई टेर्दैनन् स्थानीय सिंहदरबार

मिर्चैया नगरपालिका– २ का लक्ष्मी साह खुला आकाशमुनि व्यवसाय गर्न थालेको तीन महिना भयो। चार वर्षदेखि व्यवसाय गर्दै आएको घर नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि उनको व्यवसाय सडकमा आएको हो।

अनुदान रोकिएको विरोधमा दुग्ध किसान आन्दोलित

चितवनका तीनवटा स्थानीय तहलाई प्रदेश सरकारले दिँदै आएको अनुदान एक्कासि रोकेपछि किसान अन्दोलित भएका हुन्।

अजिंगर आतंकले स्थानीयमा त्रास

मकवानपुरको मनहरि गाउँपालिका-३ हाँडीखोलामा अजिंगरको आतंकका कारण स्थानीय त्रसित बनेका छन्। दैनिकजसो अजिंगर भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्।

साहाराविहिन बालबालिका पढाउँदै स्थानीय सरकार

सुर्खेतको गुर्भाकोट नगरपालिकाले नगर क्षेत्रभित्रका सहारा विहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ। नगरपालिकाले नगर क्षेत्रभित्रका अभिभावक नभएका, पूर्ण अपाङ्गता भएका अभिभावकका बालबालिकाहरूलाई आवासीय सुविधासहित खाना, नाना, छानासहित शिक्षाको व्यवस्था गरेको हो।

स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन

दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिएका हुन।

जुम्लाका कुन स्थानीय तहले कति बजेट ल्याए ?

जुम्लाका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याएका छन्। एक नगरपालिका र ७ गाउँपालिका रहेको जुम्लाका सबै पालिकाले आइतबार बजेट ल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्