२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जुम्लाका कुन स्थानीय तहले कति बजेट ल्याए ?

जुम्लाका ८ वटै  स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याएका छन्। एक नगरपालिका र ७ गाउँपालिका रहेको जुम्लाका सबै पालिकाले आइतबार बजेट ल्याएका छन्। जसमा सबैभन्दा बढी बजेट चन्दननाथ नगरपालिकाले ल्याएको छ। भने सबैभन्दा कम बजेट गुठीचौर गाउँपालिकाले ल्याएको छ।  

जुम्लाको चन्दननाथ नगरपालिकाले ५५ करोड, १० लाख, ८० हजारको बजेट ल्याएको छ। यस्तै तातोपानीले ४९ करोड, २७ लाख ३१ हजार २ सय, कनकासुन्दरीले ४८ करोड २९ लाख, ४३ हजार ८ सय ८१, तिलाले ४४ करोड, ९२ लाख, ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड, ४५ लाख, ३७ हजार, हिमाले ३९ करोड ९७ लाख ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सयको बजेट ल्याएका छन्। ८ वटै पालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषय समेटेर बजेट ल्याएका छन्।अधिकांश स्थानीय तहले कृषि उत्पादनलाई प्राथमिकता राखेर बजेट ल्याएका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनु पर्छ।

प्रकाशित: ११ असार २०८० ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App