मेलम्चीको अघि बढाउन विज्ञ सल्लाहकार समूह गठन
खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उद्देश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ।
खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उद्देश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकनमा छनोट भएको हाई हिमालय एन्ड रमण जेभी कालोसूची प्रकरणका कारण ठेक्काको बाँकी प्रक्रियामा सहभागी हुन नपाउने भएको छ।
जति हतारिए पनि चालु आर्थिक वर्षको त कुरै छाडौँ, २०७७ को दसैँसम्ममा पनि मेलम्चीको पानी आउने सम्भावना छैन। तर चालु आर्थिक वर्षको नीति र कार्यक्रममा उक्त योजनाको पानी काठमाडौँ ल्याउने भनिएको छ।
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री बिना मगर र सचिवका कारण राजधानीवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्।
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि छानिएका ठेकेदारबारे जानकारी दिँदै ती नाममा एसियाली विकास बैंक (एडिबी) सँग अनुमति मागेको छ।
काठमाडौंको बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ। शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थितमेलम्ची खानेपानीको पाइप सफा गर्ने उनीहरुको ज्यान गएको हो।
मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगो लगाइएको छ। आगालागीबाट कार्यालयमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने भवनमासमेत क्षति पुगेको छ।
इटाली ठेकेदार सिएमसीसँग ठेक्का तोडेपछि काठमाडौँमा समयमै पानी झर्छ, कुनै फरक पर्दैन भनी प्रधानमन्त्रीलाई सचिव गजेन्द्र ठाकुर, योजना प्रमुख सूर्यराज कँडेल, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार घनश्याम भट्टराईले आश्वस्त पारेका थिए, भनिन्छ।
सुन्दर तर निकै विकट हिमाली गाउँ हेलम्बुको मेलम्चीघ्याङ माविले परम्परा कायम राख्दै यो पटक पनि एसईई (माध्यमिक शिक्षा परीक्षा) मा बिरासत जोगाएको छ। बाह्रैमास हिउँले ढाक्ने, नभए धुम्म मेलम्चीघ्याङले विगत १३ वर्षदेखि लगातार सानदार नतिजा ल्याउँदै आएको छ। यो पटक पनि विद्यार्थीले विरासत जोगाएका छन्।
सिएमसीले छाडेर गएपछि ४८ कम्पनी र व्यक्तिहरू तथा कामदारहरूको समेत गरी उनीहरूले १ अर्ब ५३ करोड भुक्तानी पाउन बाँकी छ। मेलम्चीका ठेकेदार सिएमसी डि रेभिन्नाले कामदार र कर्मचारीहरू ८२८ जनाको तलव भत्ताबापत ८ करोड ७४ लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेछ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो ।
मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससँग जोडिएको इन्टेक थ्री निर्माण गर्न गएको श्रेष्ठ कन्सट्रक्सन प्रालिका कामदारलाई स्थानीय भेन्डर र सप्लायर्सले अवरोध गरेका छन्। स्थानीय भेन्डर र सप्लायर्सले सिएमसीबाट आफूहरुले लिनुपर्ने रकम पाउनुपर्ने माग गर्दै बिहीबार निर्माणस्थल पुगेका कामदारलाई आयोजना प्रवेशमा अवरोध गरेका हुन्। स्थानीयको अवरोधसँगै कामदार आफ्नो क्याम्पमा फर्किएका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा एक वर्षभित्रै मेलम्चीको पानी उपत्यका ल्याउने घोषणा गरेको थियो। तर, मेलम्ची खानेपानी आयोजनाले सरकारको नीति तथा कार्यक्रममा तोकिएको भन्दा तीन महिना धेरै समयसीमा राखेर नयाँ टेन्डर आह्वान गरेको छ।
अर्थविद् भने राष्ट्रिय गौरवका आयोजनालाई चार–पाँचवटामा झार्दा राम्रो हुने बताउँछन्
मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको छ महीना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय सङ्घर्ष समिति थप आक्रोशित बनेको छ।