'निर्वाचन मिति कात्तिकभित्र'
सरकारले प्रमुख राजनीतिक दलको समर्थनमा कात्तिकभित्र स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्ने गृहकार्य सुरु गरेको छ। संविधानप्रति असन्तुष्ट दलको मागलाई दसैंअघि नै वा त्यसलगत्तै सम्बोधन गरेर सरकारले चैतमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्न लागेको हो।