२३ आश्विन २०८१ बुधबार
image/svg+xml

राजपा कार्यकर्ताद्वारा मतदान अधिकृत कुटिए

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा खटिएका तीन जना मतदान अधिकृत राष्ट्रिय जनता दल (राजपा) का कार्यकर्ताद्वारा कुटिएका छन।

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई पाँच घन्टा पैदल हिँड्नुपर्ने भएको छ। ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई पाँच घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो।

गाउँमै मतदान केन्द्र भएपछि गुम्बावासी हर्षित

हिमाली गाउँपालिका–३ गुम्बाका स्थानीय गाउँमै मतदान केन्द्र हुने भएपछि खुशी भएका छन्।मतदान केन्द्र टाढा भएकोले स्थानीय तह निर्वाचनमा सहभागि नहुने बताएका स्थानीयले गाउँमै केन्द्र थपिएपछि भाग लिने भएका हुन्।

मधेसका जनतालाई मतदानबाट वञ्चित नगर : नेता पोखरेल

नेकपा एमालेका नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन्।

बेलायतमा आमनिर्वाचनको मतदान सुरु

बेलायतमा बिहीबार आमनिर्वाचन हुदैछ । सो निर्वाचनका लागि बिहीबार मतदान खुलेको समाचारमा जनाइएको छ।

भरतपुरमा फेरि मतदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्णय गरेको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालको सहमतिविपरीत अन्य आयुक्तहरूको शनिबार बसेको बैठकले उक्त वडामा फेरि चुनाव गर्ने निर्णय लिएको हो।

भरतपुर पुनःमतदान निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनःमतदान गर्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चले आदेश दिएको छ। न्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजालसले रिटमाथि सुनुवाई गर्दै निर्वाचन आयोगलाई २८ गते सर्वोच्च अदालतमा हाजिर हुन आदेश दिएको छ।

पाल्पामा नमूना मतदान, स्थानीय भन्छन्- 'उत्साहित छौं'

रैनादेवी छहरा गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको छ । आइतबार भएको मतदानमा ७ दशमलव ६९ प्रतिशत मत बदर भएको छ ।

पुन:मतदानको विरोधमा एमालेको प्रदर्शन

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान हुने निर्णय सुनाएको विरोधमा एमाले चितवनले शनिबार साँझ मसाल जुलुस निकाल्यो। नारायणगढ लायन्स चोकबाट निस्केको मसाल जुलुस बजार परिक्रम गर्दै पुलचोकमा पुगेर सकिएको थियो ।

पुनः मतदानको निर्णय एमालेलाई अमान्य

नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ।

पुनः मतदानको निर्णय एमालेले नमान्ने

नेकपा एमाले ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ ।

भरतपुर १९ मा पुन: मतदान हुने

निर्वाचन आयोगले भरतपुर वडा नं १९ का सबै मत बदर गर्दै पुन: मतनान गर्ने निर्णय गरेको छ। शनिबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो।

मतदान गर्न आतुर मधेस

दुहबी–११ स्थित तनमुना बस्तीका बासिन्दा शुक्रबार मध्याह्नको टन्टलापुर घाम छल्न रूखमुनि बनाइएको चौतारोमा गफिइरहेका थिए। असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह चुनावमै उनीहरूको गफ केन्द्रित थियो।

भरतपुरमा पुनःमतदानको प्रस्ताव गरेको छैनः प्रमुख आयुक्त यादब

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले भरतपुरमा पुनःमतदानको प्रस्ताव आफूले नगरेको बताएका छन्। भरतपुर वडा नं.१९ को स्थगित मतगणनाबारे निर्णय गर्न निर्वाचनमा आयोगमा बैठक जारी रहेका बेला उनले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्