८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेकपा विवादः पाँच विकल्पमा छलफल गर्दै आयोग

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ ।

शशांक कोइरालाकाे प्रश्न : हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ ?

६० वर्षको इतिहासमा चितवनमा उहाँले हँसिया हथौडामा भोट हाल्न लगाउनुभयो। कांग्रेसले कहिले पनि हँसिया हथौडामा भोट हाल्दैन। हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ?

‘निर्वाचन सहभागी हुन्छौं’

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रतिशोधको राजनीति नभई मेलमिलाप र सहकार्यको राजनीतिक गर्नुपर्नेमा जोड दिएका छन्।

पुनर्स्थापना कि निर्वाचन, कांग्रेस विभाजित

नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचन भन्नेमा विभाजित देखिएका छन्। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार सबै जिल्लामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्ने क्रममा संस्थापन पक्षका नेताहरूले निर्वाचनमा जोड दिएका छन्। संस्थापन इतरका नेताहरूले भने संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने तर्क गरेका हुन्।

संसद पुनःस्थापना कांग्रेसको एक मात्र एजेण्डा हो, वैशाखमा चुनाव हुन्न : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने बताएका छन्। चुनाव हुन्छ कि भन्ने सम्भावना कांग्रेसका कोहि कसैले पनि गर्न नहुने उनको भनाई छ।

मबाहेक अरूलाई सूर्य चिह्नको नेतृत्व गर्ने अधिकार छैन : प्रधानमन्त्री

सरकारले आगामी वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

निर्वाचनका लागि सात अर्ब स्रोत सुनिस्चित

सरकारले आगामि जेठका लागि घोषणा गरेको दुई चरणको निर्वाचनका लागि अर्थ मन्त्रालयले सात अर्ब रुपैयाँ बजेटको स्रोत सुनिस्चित गरेको छ।

निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेका छन्। मंगलबार आयोगको कार्यालय पुगेका ओलीले निर्वाचनको तयारीको बारेमा जानकारी लिएका थिए।

निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न निर्वाचन आयोग पुगेका हुन्। प्रधानमन्त्री ओलीसँगै ओली समूहका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत नेता आयोग पुगेका छन्।

निर्वाचन आयोगले माग्यो ७ अर्ब

निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्र लेख्दै निर्वाचन तयारी एवं व्यवस्थापनका लागि बजेट माग गरेको हो । यसअघि आयोगले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसँग बजेट व्यवस्थापनका विषयमा छलफल गरेको थियो ।

चुनाव खर्च लागि निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब ७ करोड

निर्वाचन आयोगले सरकारले घोषणा गरेको वैशाखमा हुने निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ ।

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा पेस गर्‍यो आधिकारिकता दबी

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा दलको आधिकारिकता दबी पेस गरेको छ।

‘समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई शनिबार सम्बोधन गर्दै उनले निर्वाचनले लोकतन्त्र बलियो हुन्छ भने।

फेरि बोलाइए नेकपाका दुवै अध्यक्ष

निर्वाचन आयोगले निर्वाचन तयारी र दल दर्ताबारे छलफल गर्न नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल समूहलाई पुनः बोलाउने भएको छ। निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार बोलाइएको बैठकमा थप समय माग गरी दाहाल–नेपाल समूह अनुपस्थित भएपछि आयोगले नेकपाका दुवै अध्यक्ष समूहलाई पुनः बोलाउने भएको हो।

आजदेखि मतदाता नामावली अद्यावधिक

देशभरका ७ सय ५३ स्थानीय तहका केन्द्रबाट बिहीबारदेखि मतदाता नामावली अद्यावधिक सुरु हुने भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका स्थानीय तहका केन्द्र रहेको ठाउँबाट आगामी बुधबारसम्म मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्