७ आश्विन २०८१ सोमबार
image/svg+xml

गन्तव्य चन्द्रागिरि !

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा घुम्ने, सिक्ने र रमाउने धेरै सम्पदा छन्। अब गुराँससँग लुकामारी खेल्दै र हिमालसँग आँखा जुधाउँदै चन्द्रागिरिका विभिन्न डाँडामा हाइकिङ, साइक्लिङ र बाइकिङ गर्ने कि !

अधुरै पर्यटकीय गन्तव्य

नेपाल सरकारले यो वर्षलाई भ्रमण वर्षका रुपमा मनाई रहेको भएपनि पर्यटकलाई लक्षित गरि बनाइएका ओखलढुंगाका पर्यटकीय गन्तव्य अधुरै छन्। ओखलढुंगाको सिद्धिचरण नगरपालिका लगायतका स्थानीय तहहरुमा बनाइएका पर्यटकीय गन्तव्य लामो समयदेखि अधुरै भएका हुन्।

नमस्ते शंखरापुर

साँखुमा शुक्रबारबाट स्वस्थानी मेला सुरु भएको छ। जुन मेला महिना दिनसम्म चल्नेछ। मेलामा आध्यात्मिक वातावरण हुन्छ। मेला भरेर फर्कंदा त्यहाँबाट सागसब्जी, गेडागुडी, खुवा र परम्परागत भाँडावर्तन कोसेली ल्याउन पाइन्छ।

चारदेशीय पर्यटन विकास गर्ने प्रतिबद्धता

नेपाल, भारत, भुटान र बंंगलादेशका व्यवसायी, पर्यटनकर्मीले चारदेशीय पर्यटन विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्। चारै देशका प्रतिनिधिले पर्यटनका लागि साझा हितको एउटा संस्था निर्माणमा जोड दिए।

निर्णय भयो कार्यान्वयन खै ?

गन्तव्य मुलुक र प्रदेश तहबाट पुनः श्रम स्वीकृति दिने निर्णय कार्यान्वयन भए तत्कालै साढे दुई लाखभन्दा बढीले आफू अनुकूल स्थानबाट पुनः श्रम स्वीकृति लिन पाउँछन्।

सन्दकपुर सौन्दर्य

पर्यटकीयस्थल सन्दकपुर डाँडा भारतीय सीमामा पर्छ। यहाँको नेपाली भूमिपट्टि ३ वटा मात्रै होटल छन्। भारतपट्टि करिब १५ होटल छन्। ज्यादै महँगो भएकैले नेपाली पर्यटक चौंरीचोक, बिखेभञ्ज्याङ, कालपोखरी, माबु र माइमझुवाका होम–स्टेमा बसेर बिहान मात्र सन्दकपुर पुग्छन्।

गन्तव्य तोकिए, पूर्वाधार छैन

कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि ४० वटा पर्यटकीय गन्तव्य छनोट ग-यो। जसमा जुम्लाका चन्दननाथ मन्दिर, गुठीचौर, पातारासी र सिँजा भ्याली सभ्यता अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय क्षेत्रका रुपमा समेटिए। जुम्लाको त्रिवेणी दानसाँघु, चन्दननाथ मन्दिर, पातारासी हिमाल र गुठीचौर राष्ट्रिय स्तरका पर्यटकीय क्षेत्रका रुपमा समेटिएका छन्।

उज्यालो कोन्ज्योसोम

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रकृति र संस्कृतिको दोभान हो जसले पर्यटनबाट समृद्धिको शिखर चुम्न सक्छ। त्यसैले गाउँपालिकामा अवस्थित पर्यटकीय संभावना भएका सम्पदाहरूमा आवश्यक पूर्वाधार विकास र ब्राण्डिङ गरि प्रचारप्रसार गर्नुपर्ने देखिन्छ।

वर्षमा एक लाख १५ हजार सूचीकृत, अबको गन्तव्य के ?

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको एक वर्ष पूरा भएको छ। योजना कार्यान्वयन भएको एक वर्ष पुगेको अवसरमा बुधबार (आज) सामाजिक सुरक्षा कोषले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै छ।

सडक पूर्वाधार नै मुख्य समस्या

पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारले गत वर्ष देशका सय गन्तव्य पहिचान ग-यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकास र त्यसबाट हुने लाभ जनस्तरसम्म पु-याउने उद्देश्यसहित पहिचान गरिएका पर्यटकीय स्थलमध्ये २९ स्थान प्रदेश १ मा पर्छन्।

मन्दिर निर्माणका लागि वाकाथन

कुमारी बैंकले ललितपुर उद्योग वाणिज्य संघको सहकार्यमा भ्रमण वर्ष २०२० सफल पार्न निजी क्षेत्रको पूर्वतयारीका रूपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं प्रचारप्रसारको अभिप्रायका साथ १९ किमि वार्म अप वाकाथनको आयोजना गरेको छ।

टानले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) ले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने भएको छ। राष्ट्रिय अनलाइन पत्रकार सङ्घ (नोजा) ले आज यहाँ आयोजना गरेको टानको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा पर्वतीय पर्यटनको विस्तारका लागि नयाँ गन्तव्य खोजी गर्ने बताइएको हो।

‘भीरमाथि लुकेको सुन्दर पर्यटकीय गन्तव्य’

केही वर्ष अघिसम्म बाक्लो बस्ती थियो, व्यास नगरपालिका–५ मानहुँमा। मानहुँकोटको सिरानमा पुगेपछि मात्र देखिने त्यो बस्तीमा तलबाट हेर्दा अहिले पनि कहालीलाग्दो भीरपखेरो मात्र देखिन्छ। यतिसम्म कि सिरानमा बस्ती होला भन्ने अनुमानै गर्न सकिन्न। खानेपानीको चरम समस्याले रित्तिदै गएको त्यो समथर मैदान कुनैबेला ७० घरले भरिभराउ रहेकोमा अहिले घटेर सात धुरिमा सीमित छ।

पर्यटकीय गन्तव्यमा बसन्तपुरको नाम छुट्यो

सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका १०० स्थानमा काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको नाम छुटेको छ। सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यको बुँदा नं. ११४ बमोजिम नेपालमा पर्यटन प्रवर्धन तथा नयाँ गन्तव्य पहिचान एवं विकासका लागि तयार पारेको सूचीमा महानगरभित्र भएका ४ वटा विश्व सम्पदा क्षेत्रमध्ये बौद्ध स्तूप, स्वयम्भू स्तूप र पशुपतिनाथ मन्दिरको नाम समावेश छ। यसका साथै नारायणहिटी दरबार संग्रहालयलाई पनि गन्तव्य सूचीमा समावेश गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्