७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मन्दिर निर्माणका लागि वाकाथन

काठमाडौं– कुमारी बैंकले ललितपुर उद्योग वाणिज्य संघको सहकार्यमा भ्रमण वर्ष २०२० सफल पार्न निजी क्षेत्रको पूर्वतयारीका रूपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं प्रचारप्रसारको अभिप्रायका साथ १९ किमि वार्म अप वाकाथनको आयोजना गरेको छ।

कुमारी बैंक मुख्य–प्रायोजक रहेको यस पदयात्राको उद्देश्य भूकम्पले क्षतविक्षत भएको भीमसेन मन्दिर पुनर्निर्माण कोष संकलन थियो। 

शनिबार पाटन दरबार स्क्वायर क्षेत्रबाट सुरु भई ग्वार्काे, इमाडोल, सानागाउँ, लुभू, हरिसिद्धि, धापाखेल, सुनाकोठी, बुंगमती हुँदै उक्त पदयात्रा ललितपुरको खोकनामा पुगेर सम्पन्न भयो। 

यस पदयात्राको उद्देश्य स्थानीय तबरबाट भ्रमण वर्ष २०२० लाई सफल पार्न आवश्यक पूर्वाधारको पहिचान गर्दै सोको प्रवद्र्धन र प्रचारप्रसार गर्नु रहेको थियो।

जोस, उमङ्ग तथा हर्षोल्लासका साथ सम्पन्न सो पदयात्रामा सहभागीबाट संकलित लगभग  नगद १२ लाख  भीमसेन मन्दिर पुनर्निर्माण कोषमा संकलन  भएको ललितपुर वाणिज्य महासंघले जनाएको छ।
                                                                              
   

 

प्रकाशित: ७ आश्विन २०७६ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App