७ आश्विन २०८१ सोमबार
image/svg+xml

पर्यटकीय गन्तव्य बन्दै ऐनापहरा झरना

पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हँुदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

लेखगाउँ कलिङ

दिन ढल्किँदै जाँदा अर्गेलीको बोक्रा छोडाउन व्यस्त थिए गाउँले। औलतिर हप्हपाउँदो गर्मीले सताइरहेका बेला लेखगाउँमा ज्याकेट लगाउनु प¥यो। बस्ती पुग्नु अघि गोदालाबोजोला ताल छेउमा सुस्तायौँ एकछिन। पर्यटन प्रवद्र्धन गर्न गाउँलेले खनेको पोखरी। निकै आकर्षक छ। डाँडाहरूले घेरिएको बस्ती। काठ र जस्ताले बनाइएका घर। परम्परागत खेती प्रणाली। पहाडमा टाढाटाढा हुन्छन् घर। लेखगाउँमा पनि पातलै छन् घर। तर यहाँको बाक्लो वन क्षेत्र, खोल्सी र पोखरीहरूले घुमिरहूँझैं लाग्छ।

हचुवामा पर्यटन गन्तव्य छनोट

नेपाल भ्रमण वर्ष २०२० का लागि कर्णाली प्रदेश सरकारले हचुवाको भरमा पर्यटकीय गन्तव्यहरू छनोट गरेको भन्दै जुम्लाबासीले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले छनोट भएका पर्यटकीय गन्तव्य एकिन नभएको र महŒवपूर्ण पर्यटकीय गन्तव्य छुटेको बताएका हुन्। कर्णाली सरकारले जुम्लाको सिँजा उपत्यका, गुठीचौर, पातारासी र चन्दननाथ पर्यटकीय गन्तव्य छनोट गरेको हो। तर सिँजा उपत्यकामा हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका पर्छन्। तीन स्थानीय तहका कुन–कुन पर्यटकीयस्थललाई पर्यटन गन्तव्य मानिएको हो ? स्पष्ट खुल्न सकेको छैन। प्रदेश सरकारको पर्यटकीय गन्तव्य छनोटले यहाँका समेटिनुपर्ने पर्यटन क्षेत्र अन्योलमा परेको स्थानीय बताउँछन्।

यती पोखराबाट थप तीन गन्तव्यमा

भारतीय र आन्तरिक यात्रुलाई लक्षित गर्दै निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले पोखराबाट तीन नयाँ गन्तव्यमा दैनिक उडान थाल्ने भएको छ। पोखराबाट भैरहवा, भरतपुर र माउन्टेन फ्लाइट सञ्चालन गर्ने यतीले जानकारी दिएको छ।

नेपाली विमान : गन्तव्य पाउनै गाह्रो

गरिब छौँ, हेपिएका छौँ। युरोपमा बनेका विमान नेपाली हवाई कम्पनीहरूले सेवामा लगाएका छन्, तिनै जहाज युरोप उड्न पाउँदैनन्। युरोपेली राष्ट्रले नेपाली विमानहरूलाई कालो सूचीमा राखेको छ, जति प्रयास गर्दा पनि उडान अनुमति दिने कुरै गर्दैनन् र बेलाबेला त्यहाँबाट अध्ययन गर्ने नाउँमा टोली नेपाल आउँछन। उड्डयन प्राधिकरण सक्दो प्रयास गर्छ, तर आकाश खुला गर्ने कुनै संकेत छैन। यता एसियाली मुलुकहरूमा गन्तव्य बढाउने प्रयास नेपाल वायुसेवा निगमले गर्दै आएको छ, तर कुन गोप्य शत्रु लाग्छ– दक्षिण कोरियामा समेत उडान अनुमति पाउँदैन। जापानसँगको पुरानो नाताले गर्दा ओसाकासम्म उडान गर्न दिएको छ। यसो हिसाब गर्ने हो भने ओसाकाभन्दा नारिता निकै पायक पथ्र्याे।

वैदेशिक रोजगारको विकल्प छैन, मलेसिया खोल्न ढिलो गर्न हुन्न: ढकाल

श्रम सम्झौतापछि पनि विभिन्न बहानामा मलेसिया रोजगारी बन्द हुँदा नेपाललाई घाटा हुने भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले मलेसिया रोजगारीको निकास खोज्न सरकारसँग आग्रह गरेका छन्।

‘सरकारीस्तरबाट नेपालीहरू जापान जान असम्भवजस्तै’

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारीस्तरमै नेपाली कामदार जापान पठाउने दाबी गरिरहेका बेला जापानमा कार्यरत नेपाली व्यवसायीले भने सरकारी माध्यमबाट नेपाली कामदार आपूर्ति गर्न असम्भव रहेको बताएका छन्।

लुकेको गाउँ

कागमारा भञ्ज्याङ छिचोलेर जुम्ला निस्कने पदयात्रीहरू पुग्मो गाउँमा बस्छन्। यहाँको सौन्दर्यमा रमाउँछन्। तर, फोक्सुन्डो ताल पदयात्रा गर्ने अधिकांश पर्यटक पुग्मो गाउँ नदेखी फर्कन्छन्। यहाँ एक रात बसेर आनन्दको सास फेर्न सकिन्छ जहाँ गाउँलेको मायाले निथ्रुक्कै रुझाउँछ।

प्रदेश सरकारको ४४ नयाँ गन्तव्य योजना

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ११ जिल्लाका ४४ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेशका हरेक जिल्लाबाट चारवटाका दरले ४४ वटा नयाँ गन्तव्य बनाउने प्रदेश सरकारको तयारी छ ।

दलचोकी कलिङ

प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम बनाएसँगै ललितपुरको दलचोकी स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा चिनिँदै छ । समूहको १४३ औं हाइकिङ पनि दलचोकीमै भएको थियो । त्यो डाँडाको शिरानमा स्थानीय गाउँपालिकाले भ्यू टावर पनि बनाउँदै छ ।

जाऔं है जलजला

माओवादी जनयुद्धको उद्गमस्थल रोल्पा प्राकृतिक र सांस्कृतिक रूपमा समेत समृद्ध छ। गुरिल्ला पदमार्गमा पर्ने रोल्पाको एउटा गन्तव्य हो–जलजला। नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले घोषणा गरेको सय गन्तव्यको सूचीमा जलजला पनि सूचीकृत भएको छ।

पर्यटकका लागि विद्युतीय बस

ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो।

वैशाखमा पर्यटन मेला

गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले काठमाडौंको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टिक टुरिजम मार्ट–२०१९’ गर्ने भएको छ।

हिमालको काखमूनि ओखरेनी

गुराँस फूल्दा गाउँ दुलही झैँ सिंगारिन्छ। पछिल्लो समय आन्तरिक पर्यटकको चासोमा पर्न थालेको गाउँमा स्थानीय होमस्टे (घरवास) सञ्चालनमा ल्याउने तयारीमा जुटेका छन्।

अब अनुभव पर्यटन

ठाउँ हेर्दै घुम्ने कामलाई अंग्रेजीमा ‘साइट सिइङ’ भनिन्छ। कुनै पनि गन्तव्यमा छुटाउन नहुने ठाउँ जसरी पनि पुग्ने र हेर्ने रहर बोकेकाहरूको संख्या बाक्लै छ। उनीहरू गुटुटुट एक ठाउँबाट अर्को ठाउँ, एउटा सहरबाट अर्कोको कष्टपूर्ण यात्रा समेत गर्छन्। कष्टपूर्ण यस अर्थमा कि हतारमा पुग्दा शरीरलाई सन्चो नहुन सक्छ। हो यसरी यात्रा गर्नेका ठूलो जमात बीच अहिले अर्को थरी यात्री पनि बढ्दै छन्। तिनले साइट सिइङ नभई साइट फिलिङ गर्छन्। यसरी हिँड्नेहरू समयको घेरामा सीमित हुँदैनन्, बरु मन परेको स्थानमा कैयौं दिन बिताइदिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्