हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) को सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले नियमित उडान खोल्ने तयारी गरेको हो। प्राधिकरण स्रोतका अनुसार हाल जारी रहेका चार्टर्ड उडान बन्द गरेर नियमित उडान खुलाउन लागिएको हो।
आधिकारिक पत्र नपुगेको कारण हवाई उडान नहुने निश्चित भएको प्राधिकरण स्रोतले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को पछिल्लो निर्णय कार्यान्वयन गराउन अझै एक साता लाग्न सक्छ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ ।
मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन हुँदैछ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो।
बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि नेपाल र बेलायतबीच हुने सबै हवाई उडानमाथी अस्थायी रूपमा प्रतिवन्ध लगाइएको छ।
सरकारले अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ । संघ सरकारका उपप्रधान, परराष्ट्र, पर्यटन र श्रममन्त्रीबीच बिहीबार भएको छलफलले सो निष्कर्ष निकालेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका हुन् ।
भदौ १६ देखि सुरु हुने अन्तर्राष्ट्रिय उडानबाट भारतमा रहेका नेपाली भने स्वदेश फर्कन नपाउने भएका छन् ।
कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् । यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ वाग्मती प्रदेशका रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ ।
भदौ १ देखि नेपालमा व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान भर्न अनुमति माग्दै दुई स्वदेशीसहित १२ विमान कम्पनीले नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका छन् ।
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।
विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो ।