coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय उडान संख्या थप गरिने

सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मन्त्री भट्टराईले पिसिआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एअरलाइन्सले थप उडान माग गरेमा अनमुति प्रदान गरिने जनाएका छन् । नियमित उडान नभएका मुलुकमा पिसिआर नेगेटिभ भएका यात्रुका लागि भने मागका आधारमा उडान संख्या थप गरिनेछ ।

 ‘उपप्रधानमन्त्रीसहित उच्चस्तरीय परामर्शबाट यस्तो सहमति बनेको हो,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । उनका अनुसार कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गर्ने सहमतिसमेत बनेको छ । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वय गरी उडानको व्यवस्था गर्ने भएको छ । सामाजिक सञ्जालमार्फत नै मन्त्री भट्टराईले विदेशी भूमिमा अप्ठ्यारो स्थितिमा रहेका नागरिकको स्वदेश फिर्तीका लागि सक्दो कोसिस गरिरहेको बताएका छन् ।

 ‘यसका लागि सरकारले आफ्नो प्रयत्न बढाउँदै लगेको छ,’ मन्त्री भट्टराईले भनेका छन्, ‘सरकार विदेशी भूमिमा अप्ठ्यारो स्थितिसँग जुधिरहेका आम नागरिकको समस्याप्रति गम्भीर छ र यथाशक्य स्वदेश फिर्ता ल्याउने प्रयत्न गरिरहेको छ ।’ उनले यस विषम परिस्थतिमा धैर्य, संमयता र संवेदशीलता अपनाउनसमेत सबैलाई उनले आग्रह गरेका छन् ।

प्रकाशित: २६ भाद्र २०७७ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App