९ आश्विन २०८१ बुधबार
image/svg+xml

जनकपुरधाममा मेयरका दाबेदार वडाध्यक्षदेखि सांसदसम्म

विभिन्न दलबाट उम्मेदवारका आकांक्षीले पनि आन्तरिक रूपमा तयारी तीव्र बनाएका छन्। आकांक्षीहरूले टिकटका लागि शीर्ष नेताहरूसँग लबिङ गर्न थालेका छन्। टिकट पाउने सम्भावना नदेखिएका आकांक्षीले दल त्याग गर्ने क्रम पनि बढेको छ। तुलनात्मक हिसाबले अघिल्लो निर्वाचनभन्दा यसपालि बढी प्रतिस्पर्धा हुने देखिएको छ।

स्थानीय तह निर्वाचनः पोखरामा झन्डै ४० हजार नयाँ मतदाता

पोखरा महानगरमा मात्र ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन्। ती मतदाता पहिलो पटक निर्वाचनमा मत दिँदैछन्। यसअघि २०७४ मा स्थानीय तह निर्वाचन हुँदा पोखरा महानगरपालिका भित्र १ लाख ६८ हजार ६७ जना मतदाता थिए। थपिएका सहित यो पटकको निर्वाचनमा २ लाख ७ हजार ७ सय १२ जनाले मत दिँदैछन्।

आयोगले तोक्यो आयुक्तदेखि सुरक्षाकर्मीसम्मको निर्वाचन सुविधा

निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनमा खटिने आयुक्तदेखि निर्वाचन अधिकृत, मातहतको कार्यालयमा खटिने कर्मचारी र सुरक्षाकर्मीको निर्वाचन सुविधा निर्धारण गरेको छ।

म्याग्दीमा राजनीतिक सरगर्मी बढ्यो

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन्।

अधिकांश प्रमुख /उपप्रमुखको दोहोर्‍याउने दाउ

मतदाता स्तरमा पुगेर आफ्नो उम्मेदवारी घोषणा नगरेपनि पुरानै जनप्रतिनिधिहरू पार्टी नेतृत्व र आफ्ना लाइनका नेताहरुसँग टिकट मिलाउने दोडधुपमा छन्। जिल्लामा रहेको २ वटा नगरपालिका र ११ वटा गाउँपालिकाका प्रायः सबै प्रमुख र उपप्रमुखले नै मेयर/अध्यक्ष बन्न पार्टी नेतृत्वसँग अनुनय गरिरहेको नेताहरुले बताएका छन्।

पाँच सय मतदाता भएको केन्द्रमा ८ जनासम्म कर्मचारी खटाइने

आउँदो स्थानीय तहको निर्वाचनमा ५ सय मतदाता भएको मतदान केन्द्रमा ७ जना सो बढी मतदाता भएको केन्द्रमा ८ जनासम्म कर्मचारी खटाइने भएको छ।

म्यादी प्रहरीको परीक्षामा ढिलाइ

स्थानीय निर्वाचनका लागि खुला गरिएको म्यादी प्रहरी भर्ना प्रक्रियाअन्तर्गत बारामा लिने भनिएको म्यादी प्रहरीको लिखित परीक्षामा शनिबार ढिला गरी गरिएको छ।

मतदाताको मन जितेर उम्मेदवार छान्न घरदैलो

स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा जिल्लाको विकट हिमाली बस्ती तिप्लिङका नेता जीवन तामाङ र मेन घले कार्यकर्तासहित शुक्रबार सेर्तुङ पुगे। रुविभ्याली–१ र २ का नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, मतदाता करिब ४ घण्टा पैदल हिँडेर ३ नम्बर वडामा पर्ने सेर्तुङमा चुनावी प्रचार र सभा गर्न पुगेका हुन्।

लोसपासँग चुनावी गठबन्धन हुने अवस्था छैन: मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।

निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि बढाउन अग्रसरता र सबै पार्टीका महिला नेतृलाई एकजुट बनाएको छ।

गठबन्धनबीच सहमतिः तलैसम्म तालमेल

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले स्थानीय आवश्यकताअनुसार तालमेल गरेर जाने निर्णय गरेका हुन्।

ताप्लेजुङको याङ्मा मतदानस्थलमा ६० जना मतदाता

आउँदो स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा रहेका ७३ मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालयमा हुने भएका छन्।

धाँधलीरहित मतदान गराउन माग

पूर्व सांसद मञ्च नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलीरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको छ।

'निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाही'

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरु कत्तिको प्रतिवद्ध छन् भनेर आयोगले हेर्न चाहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्