१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राजपालाई चुनावमा जान भारतीय सुझाव

‘ब्रेकफास्टमा के कुरा हुन्छ र ? हाम्रो निर्णय हामी आफैं गर्छौं । दूतावासको सल्लाह किन लिनुपर्याे ?’ महन्थ ठाकुर, राजपा, अध्यक्ष मण्डलका संयोजक

चुनाव प्रचार गर्न रगत जाँच शिविर

उम्मेदवारले प्रचार प्रसार गर्न घरदैलो, भेलाका अलाव नयाँ नयाँ शैली प्रयोग गर्न थालेका छन।

चुनाव सार्ने सरकारको निर्णय सकारात्मक : राजपा

चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ। राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए।

चुनाव असार ९ गते सर्‍यो

जेठ ३१ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरकारले असार ९ गतेका लागि सारेको छ। निर्वाचन तयारी अन्तिम चरणमा पुगेका बेला मन्त्रिपरिषद्को सोमबारको बैठकले मिति सार्ने निर्णय गरेको हो।

पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा

आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

चुनाव परिणाम : समीक्षा र पाठ

राजनीतिक स्कुलिङ र योजनाबद्ध व्यवस्थापनको उहिल्यैदेखि खडेरी परेकोे कांग्रेसका कार्यकर्ताको दक्षता, सूचना, ज्ञान, सक्रियता र उत्पादकत्वको स्तर पनि एमाले कार्यकर्ताको जति छैन।

प्रधानमन्त्रीको प्रस्ताव : चुनाव १० दिनपछि सारौं

कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ३१ का लागि घोषित स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति १० दिन पर सार्न प्रस्ताव गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारूढ, प्रतिपक्ष र आन्दोलनरत दलको बैठकमा दाहालले निर्वाचन मिति १० दिन पर सारेर राजपालाई निर्वाचनमा आउने वातावरण बनाउने प्रस्ताव गरेका हुन्।

स्थानीय तह चुनावको विरोधमा राजपाको प्रदर्शन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले सदरमुकाम जलेश्वरमा आईतबार लाठि (भाँटा) जुलुस प्रर्दशन गरेको छ।

फेरिँदै चुनावी ‘अजेण्डा’

ऐतिहासिक पहिलो आमनिर्वाचन २०१५ मा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमूख चुनावी ‘अजेण्डा’ नुनको सहज उपलब्धता थियो । वर्षौको जहाँनिया राणाशासनमा पिल्सिएको समाजले भर्खर प्रजातन्त्रको बीउ छर्दै थियो । जनताले पहिलोपल्ट आफ्नो जनप्रतिनिधि चुनेर राज्य व्यवस्था चलाउने पद्धतीको शुरुवात हुँदै थियो । जसमा सुदूरपश्चिमेली जनता आफ्नो मतको साटो जनप्रतिनिधिसँग माग्दैथिए–नुनको सहजता।

चुनाव धाँधली छानबिन गर्न समिति

स्थानीय तहको निर्वाचनमा भएको धाँधली छानबिन गर्न पाँच सदस्यीय संसदीय समिति गठन भएको छ। प्रमुख प्रतिपक्षी एमालेले निर्वाचनमा धाँधली भएको भन्दै संसदीय समिति गठन माग गरेपछि शनिबार बसेकोसंसद् बैठकले समिति गठन गरेको हो।

चुनाव सार्ने बहानामा सरकार : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) को मागलाई बहाना बनाएर दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्ने योजना सरकारले बनाइरहेको आरोप लगाएका छन्। त्यस्तै मुस्लिम समुदायको रमजानलाई बहाना बनाएर पनि निर्वाचन सार्ने योजना सरकारले बनाएको उनले बताए।

भोजपुरमा काँग्रेसको चुनावी अभियान सुरु

आन्तरिक विवादका कारण उम्मेदवार टुङ्गो लगाउन लामो समय लगाएका भोजपुरका राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् ।

आयोगले सरकारलाई भन्यो- 'पहिल्यै कायम तहमा चुनाव गरौं'

'थपिएका तहअनुसार मतदाताको परिवर्तित ठेगानाअनुरूप मतदाता परिचयपत्र र नामावली छापेर २०७४ जेठ २७ गतेसम्म सम्बन्धित मतदान केन्द्रमा पुर्‍याउने गरी व्यवस्थापन गर्न असम्भव।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्