१२ आश्विन २०८१ शनिबार
image/svg+xml

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र दाहाललाई

पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई दिएका छन्।

चुनावको बाधा फुक्यो– शेर्पा

उच्च अदालत ललितपुरको अन्तरिम आदेशका कारण चैत १४ मा हुने भनिएको निर्वाचन स्थगित भए पनि विवादित जिल्लामा निर्वाचनको प्रक्रिया सुरु भएपछि अब केन्द्रिय चुनावका लागि बाटो खुलेको अध्यक्ष पदका उम्मेदवार कर्माछिरिङ शेर्पा समूहले बताएको छ।

भक्तपुरलाई चुनाव गर्न निर्देशन

भक्तपुरका तीनवटा क्लबले जिल्ला फुटबल संघमाथि दायर गरेको मुद्दा फिर्ता लिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला संघलाई यही चैत २७ भित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ।

यस्तो छ राष्ट्रपति निर्वाचनको कार्यतालिका, चुनाव २९ गते

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति तोकेको छ। आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गतेको लागि निर्वाचन तोकेको हो।

राष्ट्रपति चुनाव लड्न विन्फ्रेलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन पत्रकार ओपरा विन्फ्रेलाई सन् २०२० मा राष्ट्रपतिको चुनावमा लड्नका लागि चेतावनी दिएका छन् ।

चुनाव सक्ने जिम्मेवारी पूरा गरें : देउवा

सत्ताबाट बाहिरिँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गरेको दाबी गरेका छन् । पदबाट राजीनामा दिनुअघि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले नयाँ संविधानअनुसार स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रियसभा निर्वाचन सम्पन्न गरेर संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरेको बताएका हुन्।

चुनाव गराउन सफल, वित्तीय अनुशासनमा असफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक सीमाभित्र रहेर तीनै तहको निर्वाचन सम्पन्न गर्दै मुलुकको कार्यकारी प्रमुखबाट बिदा भएका छन्।

शेरबहादुर देउवाका चुनावी संयोग

शेरबहादुर देउवाको राजनीतिक जीवनमा चुनावी संयोग छन्। चुनाव गराउन नसकेको आरोपमा उनलाई राजा ज्ञानेद्र शाहले उनलाई बर्खास्त गरे। चुनाव गराउन नसक्ने असक्षम प्रधानमन्त्रीको विल्ला भिराउँदै प्रधानमन्त्रीको कुर्सी च्युत गरिएका उनै देउवाले गणतन्त्रमा आइपुग्दा पुन: प्रधानमन्त्रीको कुर्सीमा पुग्ने अवसर पाए।

विवादबीच टेलिकमको सञ्चालक समितिमा कर्मचारीको छनोट चुनाव

विभिन्न विवादबीच नेपाल दूरसञ्चार कम्पनीले सोमबार कर्मचारीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व छनोट सम्बन्धी निर्वाचन सम्पन्न गरेको छ । कम्पनी ऐनको प्रावधान विपरित भएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले तत्काललाई चुनाव स्थगित गर्न दिएको आदेश विपरित टेलिकमले उक्त चुनाव सम्पन्न गरेको हो।

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

प्रदेश नम्बर १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यतिबेला  संसदीय दलको नेता चयन गृहकार्यमा व्यस्त छन् । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका स्थानीय तथा केन्द्रीय नेताहरू संसदीय दलको नेता चयन गृहकार्यमा जुटेका हुन्।

चुनावको मियोमा राजनीतिक दाइँ

रजातान्त्रिक व्यवस्थामा निर्वाचनलाई जनमत बुझ्ने सर्वोत्तम साधन मानिन्छ । नेपालमा पनि २०१५ सालयता धेरै पटक स्थानीय र संसदीय निर्वाचनहरू भए । हामी सँगसँगै प्रजातान्त्रिक अभ्यासमा प्रवेश गरेका कयौँ मुलुकहरू विकासको उपल्लो स्थानसम्म पुगिसकेका छन् । तर नेपालको कुरा बेग्लै छ । यहाँ विकासले न गति लिन सक्यो, न त प्रजातन्त्रको संवर्धन नै गर्न सकियो । प्रजातन्त्र संवर्धित भए विकास स्वतः हुन्छ । विश्वमा प्रजातन्त्रको संवर्धन जहाँ जहाँ भएको छ, त्यहाँका जनता कतै दरिद्र छैनन् । नेपालमा प्रजातन्त्रको संवर्धन किन भएन र विकासले किन गति लिन सकेन भन्ने खोज फेरि पछि गराैँला । यो आलेखको उद्देश्य नेपालमा भएको पछिल्लो निर्वाचनको सन्देश के हो भन्नेमै केन्द्रित छ ।

सभामुखको चुनाव फागुन २ गते

प्रदेश सभा अध्यक्ष (सभामुख) को निर्वाचन अगामी फागुन दुई गते गर्ने सैद्धान्तिक सहमति गर्दै प्रदेशसभाको प्रथम बैठकको कार्यविधि टुंग्याइएको छ।

चुनावमा रुसी हस्तक्षेप हुनसक्छ : सीआइए प्रमुख

रुसको विरोधमा खुलेर उत्रेको अमेरिकी जासुसी संस्था सीआइएले यो वर्षको अन्त्यमा हुन लागेको मध्यावदी चुनावमा रुसी हस्तक्षेप हुनसक्ने बताएको छ।

सहमति नभए चुनावबाट मुख्यमन्त्रीको टुंगो, राष्ट्रिय सभाका मतदातालाई प्रशिक्षण

नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीमा मुख्यमन्त्रीको लागि सहमती नभए चुनाबमा जाने निर्णय गरेको छ।

राष्ट्रियसभाका उम्मेदवारलाई आज चुनाव चिन्ह

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदारलाई आज (सोमबार) निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत सोमबार अन्तिम नामावली प्रकाशन गरेपछि आयोगले उम्मेदारलाई निर्वाचन चिन्ह दिने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्