१२ आश्विन २०८१ शनिबार
image/svg+xml

सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्दैछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रियसभाको चुनावसम्म पार्टी एकता भइसक्छः नेता बस्नेत

नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतले तत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने बताएका छन्। पार्टी एकता गरेर नयाँ सरकार गठनको प्रक्रियामा जाने उनको भनाई थियो।

राष्ट्रियसभाको चुनावपछि मात्र सरकार छोड्छौंः मन्त्री राणा

अर्थराज्यमन्त्री उदयशमशेर राणाले संविधानअनुसार प्रक्रिया पूरा गरेपछि मात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्। कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गर्दै मन्त्री राणाले संविधानअनुसार प्रक्रिया र जिम्मेवारी छोडेर सरकार छाड्दा अन्यौलता सिर्जना हुने भएकाले राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने रस्पष्ट पारे।

चुनावी नाराले जन्माएको महत्वाकांक्षा

प्रदेशसभा निर्वाचनमा दाङ–२ (क) बाट चुनाव लडेका एमाले नेता शंकर पोखरेलद्वारा जारी चुनावी प्रतिबद्धतापत्रको पहिलो बुँदा हो यो । चुनावकै बेला ‘वेटिङ’ मुख्यमन्त्रीका रुपमा हेरिएका पोखरेलको यही प्रतिबद्धता सुनेर दंगाली मतदाता निकै उत्साहित भए । जनतामा राजधानीको महत्वाकांक्षा ह्वावत्तै बढ्यो ।

‘चुनावका बेलाको वाचा भुलेको छैन’

हामी निर्वाचित भएको झन्डै डेढ महिना भइसक्यो । दुर्भाग्य, अझै पनि शपथ समेत लिन पाएका छैनौँ । जसकारण निर्वाचित भएर पनि केही गर्न पाएका छैनौँ । अब प्रदेश सरकार बन्नेबित्तिकै निर्वाचनका बेला जनतालाई बाँडेका प्रतिबद्धता व्यावहारिक रूपमा कार्यान्वयन गरेरै छाड्छौँ ।

चुनावमा खर्च भएको अवैध रकम बैंकिङ प्रणालीमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च भएको गाडधन (अवैध रकम) बैंकिङ प्रणालीमा प्रवेश हुन थालेको छ । एकैपटक बैंकमा रकम जम्मा गर्दा आम्दानीको स्रोत देखाउनुपर्ने भएकाले पनि बिस्तारै बैंकिङ प्रणालीमा छिर्न थालेको हो।

चुनावमा कति खर्च गरे रवीन्द्र मिश्र र गगन थापाले ?

काठमाडौं जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए।

चुनावपछि सरकारले बाँड्यो १६ करोड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताका नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ ।

दाहालको चुनाव खर्च नौ लाख ९४ हजार !

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कति खर्च गरे होलान् ? २५ लाखभन्दा बढी खर्च गर्न नपाइने निर्वाचन आयोगको नियम छ ।

राष्ट्रियसभाको चुनावपछि सरकार छोडछु: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनावपछि संसद्ले पूर्णता पाउने बताएका छन्। सात नम्बर प्रदेश अन्तर्गत सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उनले राष्ट्रियसभाको चुनावपछि आफू सरकारबाट बाहिरिने स्पष्ट पारे।

माघ २४ मा राष्ट्रिय सभाको चुनाव

सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको  आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले जानकारी दिए ।

रााष्ट्रिय सभाको चुनाव माघ २४ गते गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रिय सभा गठनका लागि माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार बसेको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

अपत्यारिलो चुनाव खर्च !

राष्ट्रिय राजनीतिका प्रभावशाली हस्ती एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चुनावमा अत्यधिक खर्च गर्ने नेता मानिन्छन् । तर दुवै नेताले निर्वाचन आयोगले तोकेभन्दा कमै खर्चमा चुनाव लडेको दाबी पेस गरेपछि कार्यकर्ता नै अचम्ममा परेका छन् ।

चुनावको धपेडी पछि आराम गर्दै ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराम गर्ने भएका छन् ।

सादापनले जितिएको चुनाव

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितले समृद्धि अब रोकेर नरोकिने बताएका छन् । उनी भन्छन्, मलाई गृहमन्त्री वा अर्थमन्त्रीको जिम्मेवारी दिइए, त्यस क्षेत्रको कायापलट गरिदिन्छु ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्