९ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्वाचन सारे संसद् ब्युँताउने

सरकारले मंसिर १० र २१ गतेका लागि तोकिएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सारे व्यवस्थापिका संसद् व्युँताउने चेतावनी वाम गठबन्धनले दिएको छ।

निर्वाचन प्रभावित पार्ने कार्य स्वीकार्य छैन: एमाले

नेकपा एमालेले कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचनसम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा स्वीकार्य नहुने जनाएको छ। सर्वोच्च अदालतले जारी गरेको आदेशबारे बिहीबार पार्टी स्थायी कमिटी बैठकले छलफल गरी यस्तो निष्कर्ष निकालेको सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

केन्यामा राष्ट्रपति चयनका लागि पुनः निर्वाचन

केन्यामा राष्ट्रपति चयनका लागि पुनः हुन लागेको चुनावलाई मध्यनजर गर्दै सैनिक व्यवस्था कडा बनाइएको छ। गत अगस्ट ८ मा भएको राष्ट्रपतिको निर्वाचन असंवैधानिक भएको भन्दै चुनावको नतिजा बदर भएको घोषणा केन्याको अदालतले गरेको थियो। उक्त नतिजा बदर भएको घोषणा गर्दै अक्टोबर भित्र पुन राष्ट्रपतिको निर्वाचन गराउने फैसला अदालतले गरेको थियो।

समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताएका छन्।

लोभले हैन निर्वाचन सफल पार्न सरकारमा गएको हुँ: कमल थापा

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै आफ्नो पार्टी आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफल पार्न सरकारमा गएको दाबी गरेका छन्।

प्रदेश नम्वर ६ को निर्वाचनमा पाँच सय प्रहरी अपुग

पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्वर ६ का सात जिल्लाका लागि पाँच सयबढी प्रहरी अपुग छन्। सात जिल्लाका पाँच सय ९९ मतदान केन्द्र र पाँच सय १० मतदान स्थलका लागि ६ नम्वर प्रदेश प्रहरी कार्यालयसँग चार हजारको हाराहारीमा मात्रै जनशक्ति छ।

राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश जारी

सरकारले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश जारी गरेको छ। कानुनमन्त्री यज्ञबहादुर थापाले दिएको जानकारी अनुसार यो अध्यादेश सोमबारको मन्त्रिपरिषदले अनुमोदन गरी प्रमाणिकरणको प्रक्रियामा रहेको छ।

निर्वाचन सुरक्षाकाे लागि सशस्त्र प्रहरी परिचालन

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा आएर निर्वाचन सुरक्षा व्यवस्थाको जिम्मेवारी बहन गर्न सुरू गरेको हो ।

निर्वाचन सुरु भयो, बैठकस्थल छैन

नेपालमा पहिलोपटक प्रदेशसभा निर्वाचन प्रक्रिया सुरु भए तापनि कानुन र भौतिक पूर्वाधार निर्माण नहुँदा प्रदेशसभा बैठक सञ्चालनमा समस्या हुने भएको छ ।

पहिलो चरण निर्वाचन : बहालवाला मन्त्रीदेखि बागीसम्म

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिनेमा ‘हेभी वेट’ नेता पनि छन् । त्यस्तै केही बहालवाला मन्त्री पनि उम्मेदवार बनेका छन् ।

जापानमा आमनिर्वाचनको मतदान हुँदै

जापानमा आइतबार मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको छ। आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन्।  जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिनामात्र मध्यावधी निर्वाचनको आह्वान गरेका थिए।

ताेकिएकाे मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि ताेकिएकाे मितिमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताएका छन् । 'प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नका लागि आगामी मंसिरमा मिति तय भइसकेको छ । सोहि मितिमा निर्वाचन सम्पन्न गरेर देशले राजनीतिक स्थायित्व प्राप्त गर्छ । अब यस कुरामा कसैले शंका नगरे हुन्छ,'उनले भने । नेपाल संवत् ११३८ का अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिद्वारा ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीति स्थायित्व र आर्थिक समृद्धि निर्वाचनले ल्याउने बताएका हुन् ।

निर्वाचनको सुनिश्चितता

चाहे स्थानीय होस् वा संघीय नै किन नहोस्, जुनसुकै निर्वाचनको घोषणापछि त्यसको प्रक्रिया सुरु भइसक्दा समेत त्यसको सुनिश्चितताबारे प्रश्न उठ्ने र उठाउनुपर्ने जुन किसिमको परिस्थिति हाम्रो राजनीतिमा देखिँदै आएको छ, त्यो विडम्बनापूर्ण अवस्था हो।

खड्कालाई मन्त्रालय तान्न निर्वाचन आयोगको अनुमति

निर्वाचन आयोगले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाउन अनुमति दिएको छ ।

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसान नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्