९ आश्विन २०८१ बुधबार
image/svg+xml

काँग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा

नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ। संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

एनआरएनको निर्वाचन तालिका पछि सर्‍यो, सोमबार १ बजे चुनाब

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आइतबार बन्द सत्रसँगै उम्मेदवारहरुको मनोनयन दर्ता शुरु भएको छ। निर्धारित समय भन्दा ढिला अन्तिम मतदाता नामावली प्रकाशन भएकोले उम्मेदवारको मनोनयनमा ढिला शुरु भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मंसिर १० मा सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्बाचन सम्पन्न गर्नका लागि मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना

प्रतिनिधि सभा एवं प्रदेश सभाको लागि मंसिर १० गते हुने निर्वाचनका लागि रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला प्राबिधिक कार्यालयमा आज कार्यालय स्थापना गरिएको हो। जिल्ला न्यायधीश एव्म मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले कार्यालयको उद्‌घाटन गरे।

निर्वाचनका नौटंकीहरू

पहिलो र दोस्रो चरणको स्थानीय तहका निर्वाचन र त्यसका परिणामहरूले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको भावनालाई उजागर गरेका छन् । तेस्रो चरणको निर्वाचनले झन् राष्ट्रिय एकता र नेपालीय माटोको सुगन्धलाई थप मलजल गरेको देखिन्छ । विगतमा भारतद्वारा लगाइएको नाकाबन्दी र घेराबन्दीले प्रदेश नं. २ को जनजीवन अस्तव्यस्त थियो ।

राष्ट्रपतिसँग निर्वाचन आयोगका पदाधिकारी भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवन शीतलनिवासमा निर्वाचन आयोगका पदाधिकारीले भेट गरेका छन्।

प्रहरीलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई व्यावसायिक र सुदृढ संगठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा पत्रकार आकांक्षी

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागी बाँकेका आधा दर्जन बढी पत्रकारले आकांक्षा देखाएका छन्। प्रदेश र प्रतिनिधि सभाका लागी नेपाली काँग्रेसबाट ४ र एमालेबाट ४ तथा नयाँ शक्ति र राष्ट्रिय जनता पार्टीबाट १/१ जना पत्रकार आकांक्षी देखिएका हुन् । आकांक्षी पत्रकारको नाम काँग्रेस, एमाले, नयाँ शक्तिले केन्द्रमा सिफारिस गरी पठाईसकेका छन्।

सामाजिक सञ्जालमा एनआरएनए निर्वाचनको चर्चा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबारे यतिबेला सामाजिक सञ्जालमा चर्चा छ। अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ र वर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा भिड्ने भएपछि यस पटकको निर्वाचन अझ रोचक बन्ने देखिन्छ।

तोकिएकै मितिमा निर्वाचन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा प्रदेश र केन्द्रको निर्वाचन हुने बताएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन हुने कुरामा आशंका नगर्न आग्रह गरेका हुन् ।

निर्वाचनका बारेमा अब आशंका नगरौं – प्रमुख आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गरेका छन्।

राइला ओडिङ्गाले पुनः निर्वाचन नलड्ने

केन्यामा अक्टोबर महिनाका लागि तय गरिएको पुनः निर्वाचनबाट विपक्षी दलका नेता राइला ओडिङ्गाले हात झिकेका छन् । निर्वाचनबाट हात झिक्ने निर्णयले देशको निर्वाचन आयोगलाई विश्वसनीय निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने निर्वाचनसम्बन्धी सुधार गर्नका लागि समय मिल्ने ओडिङ्गाले बताएका छन् ।

निर्वाचनलाई अप्रिय हुने निर्णय नलिन यादवको आग्रह

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको व्यवस्थापन जोडतोडका साथ अघि बढिसकेको हुँदा निर्वाचनलाई अप्रिय हुने निर्णय नलिन सरकारसँग आग्रह गरेका छन् ।

निर्वाचन आचार संहिता पालना गर्ने सहमति

मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन जिल्लाका सरोकारवालाहरुले निर्वाचन आचार संहिताको पालना गर्ने भएका छन् । निर्वाचनको मिति निजिकिदै जाँदा सदरमुकाम बेसीसहरमा आयोजित राजनीतिक दल, सुरक्षा समिति र विषयगत सरकारी कार्यालय लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको बैठकले आचार संहिता पालना गर्ने गराउने निर्णय गरेको हो ।

निर्वाचनमा नागरिक

प्रदेश र केन्द्रीय निर्वाचनको सम्मुख राजनीतिमा निकै रोमाञ्चक केही अप्रत्याशित घुम्ती आए । गएको साताभर वाम शक्ति एक ठाम भएका समचारमाथि बाक्लै बहसपैरवी र टिप्पणी भए । लगत्तै अहिले विभिन्न दलबाट केन्द्र तथा प्रदेशको प्रत्यक्ष निर्वाचन अनि समानुपातिकमा सिफारिस भएका नेताहरूको प्रचारप्रसार व्यापक बन्दैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्