९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रपति र उपराष्ट्रपतिकाे निर्वाचनसम्बन्धी विधेयक पारित

व्यवस्थापिका–संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आज पारित भएको हो ।

एनआरएन निर्वाचन : अमेरिका क्षेत्रीय संयोजकमा एसी शेर्पाको उम्मेदवारी

गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन नजिँकिदै गर्दा अमेरिका क्षेत्रबाट संघको विभिन्न पदमा उम्मेदवारहरुले उम्मेदवारी घोषणा भएका छन्। अमेरिकाज् क्षेत्रको क्षेत्रिय संयोजक पदका लागि वर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

निर्वाचन प्रभाव पार्ने गतिविधि नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रादेशिक तहको निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव गर्ने कुनै पनि गतिविधि नगर्न नगराउन सरकार, राजनीतिक दल र सरोकारवालालाई निर्देशन दिएको छ ।

प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवार छान्दै जुम्लाका दल

आसन्न मंसिर १० गते हुन लागेको प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा उम्मेदवारको टुंगो लगाउन दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्।

निर्वाचनपछि रौतहटमा बढ्यो अपराध

स्थानीय तहको निर्वाचनपछि रौतहट जिल्लामा अपराधिक घटनाहरूमा बृद्धि भएको छ । नेपाल सरकारको निर्देशनअनुसार कडा सुरक्षा घेराबीच शान्तिपूर्ण तवरबाट निर्वाचन गराउन सफल भए पनि त्यसपछि जिल्लामा शान्ति सुरक्षा प्रत्याभूति नहुँदा अपराधिक घटनामा बढोत्तरी हुँदै गएकोे छ । जिल्लामा एकपछि अर्को आपराधिक घटना दोहोरिन थालेपछि सर्वसाधारणमा त्रास फैलिएको छ।

प्रदेश र संघीय निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले मधेशी जनताको चाहना अनुरुप संविधान संसोधन हुने बताएका छन् । रुपन्देहीको मझगाँवामा नेपाली काँग्रेस रुपन्देहीद्धारा सोमबार आयोजित सभामा भने,‘मधेशको समृद्धि र मधेशी जनताको अधिकार स्थापित गर्न नेपाली काँग्रेस नेतृत्वमा संविधान संसोधन हुनु आवश्यक छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ४३ जना आकांक्षी

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस खोटाङले तोकिएभन्दा बढी संख्यामा उम्मेद्वार छानेको छ। असोज ७ र ८ गते विपी स्मृति भवनमा बसेको कांग्रेस जिल्ला कमिटिको बैठकले उम्मेद्वार टुंग्याउने जिम्मा केन्द्रको काँधमा पन्छाउँदै आकांक्षी सवैको नाम प्रदेश र प्रतिनिधिसभाको उम्मेद्वारकारुपमा सिफारिस गरेको हो ।

लोकतान्त्रिक अभ्यास निर्वाचन : प्रमुख निर्वाचन आयुक्त डा. यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लामा रहेका कुल सात सय ५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएको सन्देश नेपाली जनतालाई दिन पाउँदा निर्वाचन आयोग गर्वको अनुभव गर्दछ भनेका छ । विजयादशमीका अवसर पारेर आज जारी गर्नुभएको सन्देशमा उहाँले भर्खरै सकिएको निर्वाचनलाई असल र सफल लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताए । '

निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुनेछ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् । दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा मंगलमय शुभकामना व्यक्त गर्दै उहाँले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताए ।

निर्वाचनपछि आपराधिक घटनामा वृद्धि, फेरि एकको हत्या

रौतहट- दुईदशक पश्चात् भएको स्थानीय निर्वाचनसँगै रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ। बिहीबार राति फेरि एकजनाको हत्या भएको छ। यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुगेको छ। मौलापुर नगरपालिकास्थित एकजना चिरान मिल धनीको गएराति हत्या भएको छ।

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।

सबै मत परिणाम सार्वजनिक : निर्वाचन आयोग

तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । बुधबार निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको जानकारी गराएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, (राजपा) राष्ट्रिय जनता पार्टी २५, संघीय समाजवादी फोरम नेपाल २६, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएको छन् ।

प्रदेश २ को निर्वाचन परिणाम उचित भएको एमालेको ठहर

नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकले प्रतिकूलताका चमा पनि प्रदेश नं २ स्थानीय तहको निर्वाचनमा तराई–मधेशमा पार्टीले हासिल गरेको उपलब्धि उचित भएको र त्यहाँका जनता शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको तथ्य स्पष्ट भएको निष्कर्ष निकालेको छ।

एनआरएन निर्वाचन : को बन्ला युरोप क्षेत्रीय संयोजक?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्न ग्लोबल अधिवेशन नजिक आउँदै गर्दा युरोपका गैरआवासीय नेपालीलाई निर्वचनको चटारो सुरु भएको छ। रणनीतिक रुपमा निकै महत्वको मानिने युरोप संयोजकको एक पदमा ६ जना आकांक्षी देखिएका छन्। एनआरएनको युरोप क्षेत्र केन्द्रलाई प्रभावित पार्न सक्ने एवं लगानी क्षमताका दृष्टिले सबैभन्दा शक्तिशाली मानिन्छ। यो पटकको निर्वाचनका लागि क्षेत्रीय संयोजकमा वेलायतका थर्क सेनले सबैभन्दा पहिला आफ्नो दाबी प्रस्तुत गरेका थिए।

निर्वाचन आयुक्तको गाडी प्रेम

अन्ततः निर्वाचन आयोगका पाँच आयुक्तलाई सरकारले जनही अढाई करोड रुपैयाँका गाडी उपहारका रूपमा प्रदान गर्ने भएको छ । माननीय आयुक्तहरूको नयाँ गाडी प्रेमविरुद्ध चौतर्फी आलोचना भए पनि त्यसलाई बेवास्ता गर्दै यो निर्णय लिइएको हो । प्रतिव्यक्ति सरदर वार्षिक आय ७० हजार रुपैयाँसम्म नपुग्ने मुलुकका शासक वर्गलाई महँगा गाडीको चाहना हुने गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्