९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रत्येक निर्वाचन आयुक्तलाई अढाई करोडका गाडी

चौतर्फी आलोचना भए पनि निर्वाचन आयोगले प्रमुखसहित सबै पाँच आयुक्तका लागि २ करोड ३२ लाख रुपैयाँ मूल्यका गाडी खरिद गर्ने भएको छ । आयुक्तका लागि खरिद गर्न खोजिएका एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) गाडी विलासी वर्गमा पर्छन् ।

सप्तरी, तिलाठीमा निर्वाचन अवरुद्ध

निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र खसेको पुष्टि भएपछि उत्पन्न भएको विवादका कारण सप्तरीको तिलाठी कोइलारी गाउँपालिका वडा नं. १ को राष्ट्रिय प्राथमिक विद्यालय तिलाठी मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।

कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताएका छन्।

निर्वाचन आयोगलाई  ५ अर्ब निकासा

अर्थ मन्त्रालयले आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव गराउन निर्वाचन आयोगलाई पाँच अर्ब रुपैयाँ बजेट दिएको छ ।

स्थानीय तह निर्वाचनको लागि सीमा सिल

स्थानीय तहको दोस्रो चरणको चुनावका लागि भारतको सिमातमढी र मधुवनि जिल्लासंग जोडिएको महोत्तरीको सीमा सिल गरिएको छ। भारत र नेपालको सुरक्षा निकायसंगको समन्वयमा ७२ घण्टा(तीन दिन)को लागि सीमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए।

मौन अवधि उल्लंघन गर्नेलाई कारबाही हुन्छ: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले मौन अवधिको उल्लंघन गर्नेलाई कारबाही गरिने बताएका छन्।

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा: गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्।

संघ र प्रदेशको निर्वाचनले देशमा स्थायीत्व: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको निर्वाचनपछि देशले स्थायीत्व पाउने बताएका छन् । शनिबार खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङस्थित सुनकोसीमा मोटरेवल पक्की पुल शिलान्यास गर्दै प्रधानममन्त्री देउवाले केही समयपछि हुने संघ र प्रदेशको निर्वाचनपछि मात्र देशले स्थायीत्व पाउने र विकासले गति अपेक्षित लिने बताएका हुन् ।

निर्वाचनको सुरक्षा तयारी पूरा

असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ।

निरीह निर्वाचन आयोग

आचारसंहिता कडिकडाउका साथ पालना गराउने जिम्मेवारी निर्वाचन आयोगको हो । तर आयोगको नेतृत्व आफैं त्यसप्रति उदासीन हुँदा समस्या छरपस्ट रूपमा देखिएको हो । यो अवस्थामा आयोगले आचारसंहिता उल्लंघन गर्नेहरूसँग स्पष्टीकरण सोध्नेदेखि कारबाही नै गर्न थाल्यो भने मात्रै आयोगप्रतिको विश्वसनीयता बढ्छ ।

स्थानीय तह निर्वाचन : प्रमुख दलबीच नै प्रतिस्पर्धा

प्रदेश नम्बर दुईको स्थानीय तहको चुनावमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो र दोस्रो चरणमा जस्तै माओवादी तेस्रो र मधेस केन्द्रित तीन दल राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

संघीय संसद र प्रदेश सभा गठनको एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन

सरकारले संघीय संसद र प्रदेश सभा गठन भएको एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने प्रावधान राखेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरित: आयोग

निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा मन्त्रिपरिषद विस्तार गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

केन्याकाे राष्ट्रपति निर्वाचन अक्टोबर १७ मा

केन्यामा अक्टोबर १७ मा राष्ट्रपतिको निर्वाचन हुने गरी नयाँ निर्वाचनको तालिका तय भएको छ । गत  अगस्ट ८ मा भएको निर्वाचन असंवैधानिक भएको भन्दै चुनावको नतिजा बदर भएको घोषणा गर्दै पुन निर्वाचन गराउने फैसला केन्याको अदालतले गरेको थियो।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रमुख लक्ष्य: नेता बस्नेत

आगामी मंसिर १० र २१ गते तोकिएको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन गराउनु सरकारको प्रमुख लक्ष्य रहेको नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्